arrow

चूडामणि शर्माको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा, सोमबार पुनः सुनुवाईको तय

logo
प्रकाशित २०७४ साउन २ सोमबार
Chudamani-Sharma1.jpg

काठमाडौँ । सर्वोच्च अदालतमा भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको रिहाइको माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ आइतबार हेर्दाहेर्दैमा सकिएको छ । 

शर्माको आइतबार सुनुवाइ भए पनि समय अभावले नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखी सोमबार पुनःसुनुवाइका लागि तय गरेको अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी गराए । 

अदालतका न्यायाधीशद्वय चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गरिरहेको छ । 

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई गत मंगलबार गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।  

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ । 

शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पूँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्योट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ