- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लन्डन । विम्बल्डन टेनिसको उपाधि स्वीस टेनिस स्टार रोजर फेडेररले जितेका छन् ।
विम्बल्डनको इतिहासमा सर्वाधिक ८ पटक उपाधि जित्ने क्रममा फेडेररले क्रोएसियन खेलाडी मारिन सिलिचलाई आइतबार
राति फाइनलमा सहजै पराजित गरे ।
फेडेररले खेल ६–३, ६–१ र ६–४ ले जितेका हुन् ।
३५ वर्षीय फेडेरर विम्बिल्डन जित्ने पाको खेलाडीसमेत बनेका छन् ।
उनले ग्रान्डस्लाम जितको संख्यालाईसमेत १९ पुर्याएका छन् । कुनै पनि पुरुषले यो कीर्तिमान तत्काल भेट्टाउने सम्भावना छैन ।