arrow

तिलगंगाबाट कलंकीसम्म तोकियो स्काईरेलको उपयोगी बाटो, कहाँ कहाँ पर्‍यो ?

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
monorel_map.png

काठमाडौं । काठमाडौंमा स्काई रेल सम्भव रहेको एक प्रतिवेदनले जनाएको छ । काठमाडौं महानगरपालिका र स्थानीय साइमिक्स इङ्क प्राइभेट लिमिटेड बीच स्काइ रेल सञ्चालन सम्भाव्यता अध्ययनकालगि २०७३ माघ २६ गते भएको सम्झौता अनुसार महानगरमा क्षेत्रमा गरिएको अध्ययनले स्काईरेल बनाउने सकेको खण्डमा काठमाडौंमा यातायात आवागमन सजिलो बन्न गई वातावरणमा समेत सुधार आउने बताएका हुन् । 

कम्पनीले बुझाएको प्रारम्भिक प्रतिवेदन बुझ्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ललितपुर महानगर र काठमाडौंका छिमेकी नगरहरुसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा प्रस्ताव अघि बढाइने बताए ।

प्रतिवेदन बुझाउनुअघि कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत अनुप बस्नेतले महानगर क्षेत्रमा स्काइ रेलको सम्भावना अध्ययन गर्दा तिलगंगाबाट, एयरपोर्ट, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म सञ्चालन गर्न सकिने देखिएको बताए। त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भुबाट बौद्धसम्म पनि स्काईरेल सञ्चालन गर्न सकिन्छ, उनीहरुको भनाइ थियो ।

चिनियाँ कम्पनी बिवाइडीसँगको सहकार्यमा सञ्चालन सम्भाव्यता अध्ययन भैरहँदा लागत सहितको अन्य विवरण भने विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुनेछ । त्यस प्रकारको प्रतिवेदनमा स्टेशनको संख्या, सडक संरचनालगायतका कुराले लागत खर्च निर्धारण गरेको हुन्छ । कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दुरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र २ वर्ष समय लाग्छ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनकालागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दावी छ । रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ । तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिन्छ । प्रारम्भिक अध्ययनले देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ