काठमाडौं । कर फर्छ्यौटआयोगमा रहँदा भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा निलम्बित भएपछि विभागका महानिर्देशकको जिम्मेवारी सहसचिव किशोर जंग कार्कीलाई दिईएको छ । यस अघि नै आन्तरिक राजश्व विभाग, सम्पत्ति शुद्धीकरण विभाग लगायतमा कार्यरत रहेर अनुभव सँगालेका कार्कीलाई सरकारले आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी दिईएको हो ।
सहसचिव कार्कीले बुधबार नै आफ्नो कार्यभार सम्हालिसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई अनुसन्धानको लागि हिरासतमा लिएसँगै आन्तरिक राजश्व विभाग महानिर्देशक विहीन बनेको थियो ।
शर्मा विरुद्दको मुद्दामा सर्वोच्चले बुधबार मात्रै यथास्थितीमा राख्न अन्तरिम आदेश दिँदै यसलार्इ पूर्ण इजलासमा पठाउने निर्णय गरेको छ ।