- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
टोकियो । नेपाली महिलाहरुको महान पर्व हरीतालीका तीज नजिकिदै गर्दा बजार मा धेरै तिजका गीतहरु आएका छन् ।
यसैबीच जापानमै रहेर लोकसंगीत क्षेत्र लाई माया गर्ने कलाकारद्धय यदुराम सापकोटा र सूर्य खड्काले यो बर्ष तीजमा नचाउने खालको गीत लिएर आएका छन् ।
४ जना कलाकार सुर्य खड्का ,यदुराम सापकोटा,सन्ध्या बुढा, सीता श्रेष्ठको श्वरमा सजिएको गीतमा शब्द यदुराम सापकोटाले लेखेका छन् भने लय सूर्य खड्काले बनाएका हुन् ।
त्यस्तै गीतमा अभिनय जापानमै रहेकी सुजता ज्ञवालीले गरेकी छिन्।
गीत सबै जापानमा तयार भएर बजारमा आईसकेको छ।
सापकोटा जनसम्पर्क समिती जापान कान्तो क्षेत्रका सभापतिसमेत हुन् ।
सापकोटाले राजनिती समाज सेवा र लोकसंगीतलाई एकैसाथ लिने गरेका छन् । https://www.youtube.com/watch?v=I0-74QM3f04&feature=youtu.be