arrow

बीउ बैंक स्थापना

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
makai.jpg

बेनी  । लोपोन्मुख बाली संरक्षणका लागि बेनी नगरपालिका–१ बगरफाँटमा चेतना सामुदायिक बीउ बैंक स्थापना गरिएको छ । 

समुदायमा आधारित जैविक विविधता संरक्षण तथा प्रवद्र्धन (सिवियम) परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालयले धान, मकै, गहुँ, कोदो, भटमास, बोडीलगायतका खाद्य बालीको बीउ बैंक स्थापना गरेको हो । 

स्थानीयस्तरमा भएका तथा अन्य जिल्लाबाट बीउ संकलन गरी बैंक स्थापना गरिएको चेतना सामुदायिक बीउ बैंकका अध्यक्ष जितबहादुर कार्कीले जानकारी दिए। अधिकांश बीउ लोपोन्मुख अवस्थामा छन् । कृषि विकास कार्यालय र समुदायको गरी रु छ लाखको लागतमा बीउ बैंकका लागि भवन निर्माण गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ