arrow

अर्थमन्त्री कार्की भन्छन् –‘अब मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्छ’

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
gyanendra-bahadur-karki.jpg

काठमाडौँ । धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’ धाविका सुश्री मीरा राईलाई शनिबार यहाँ सम्मान गरियो । 

उनी धावन क्षेत्रमा ‘एड्भेञ्चरर अफ दि इयर’ जित्न सफल भएकी थिइन् । 

भोजपुरे सेवा समाजले आयोजना गरेको कार्यक्रममा उनलाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मान गरे । 

कार्यक्रममा अर्थमन्त्री कार्की, पूर्वअर्थमन्त्री शङ्कर कोइराला, जापानी राजदूत मासासी ओगावा र सोलुखुम्बुका समाजसेवी डोमा शेर्पालाई पनि सम्मान गरिएको थियो । 

सो अवसरमा अर्थमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएपछि २००७ सालदेखिको नेपाली जनताको सपना पूरा भएको उल्लेख गर्दै अब मुलुकमा राजनीतिक आन्दोलन समाप्त भई आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको छ भने । 

नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारले देशमा राजनीतिक स्थायित्वको विकास गर्दै नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्नका लागि मुलुकको अर्थतन्त्रलाई उकास्न आफू प्रतिबद्ध रहेको उनले बताए । 

अर्थमन्त्री कार्कीले नेपालको निर्यात घटेको र आयात बढिरहेकोमा चिन्ता व्यक्त गर्दै देशमा आयात न्यूनीकरण गर्ने चुनौति रहेको धारणा व्यक्त गरे । 

जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट देशलाई सम्पन्न गर्ने बताउँदै उनले भोजपुरबाट तराई जोड्ने सडकको सुदृढिकरण र आवश्यक पुल निर्माण गर्नेतर्फ सरकारले ध्यान दिनेछ भने । 

अर्थमन्त्री कार्कीले जापान सरकारले नेपाललाई विभिन्न क्षेत्रमा गर्दैआएको सहयोगको सराहना पनि गरे । 

पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले मुलुकको दिगोे आर्थिक विकासका लागि सरकारले गम्भीर भएर कार्य गर्नुपर्ने आवश्यकता औंल्याए । 

नेपालका लागि जापानी राजदूत मासासी ओगावा, सांसद जयन्ती राई, तारादेवी राई तथा मोहनकुमार राईको पनि कार्यक्रममा सहभागिता थियो । 

कार्यक्रममा मन्त्री कार्कीले भोजपुरे सेवा समाजको वेवसाइट को पनि शुभारम्भ गरे । 

समाजका अध्यक्ष पासाङग दोर्ची शेर्पाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ