arrow

सौराहा रेवानमा गोकर्ण गिरीको नेतृत्व चयन

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
reban.png

रत्ननगर । चितवनको रत्ननगरस्थित रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल रेवान, चितवनको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले गोकर्ण गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

शनिबार साँझ रत्ननगरको सौराहामा भएको अधिवेशनबाट दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको नवनिर्वाचित द्वितीय उपाध्यक्ष अर्जुन चौधरीले जानकारी दिए । 

अधिवेशनले प्रथम उपाध्यक्षमा दीपेन्द्र खतिवडा, द्वितीय उपाध्यक्षमा अर्जुन चौधरी, महासचिवमा कृष्ण भट्ट, सचिवमा विनोद लोप्चन, कोषाध्यक्षमा शम्भु माली र सहकोषाध्यक्षमा गायत्री पाठकलाई चयन गरेको छ । 

यस्तै सदस्यहरुमा राजेश तामाङ, इन्द्र चौधरी, वीरबहादुर तामाङ, गोपी बिँडारी, ईश्वरी परियार, सूर्य रिमाल र ध्रुव गिरी चयन हुनुभएको उपाध्यक्ष चौधरीले जानकारी दिए । 

नवनिर्वाचित अध्यक्ष गिरीले सौराहाको रेस्टुराँ व्यवसायको विकाससँगै सामाजिक कार्यमा रेवानलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । 

यहाँ झण्डै ६० वटा रेस्टुराँ रहेका छन् । अधिवेशनले यही वर्ष हुने सौराहा खाना महोत्सवको संयोजकमा कपिल रेग्मीलाई चयन गरेको छ । 

उद्घाटनका क्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सौराहाको विकासका लागि सामूहिकरुपमा अघि बढ्नुपर्नेमा जोड दिए । 
रेवानका निवर्तमान अध्यक्ष लालबहादुर भट्ट राजनले नाकाबन्दी, भूकम्प तथा मुग्लिन सडकका कारण पर्यटन आगमनमा असर परेकाले व्यवसायीलाई समस्या परेको उल्लेख गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ