भूपरिवेष्ठित देशको नाताले भारतसँग सहयोग चाहन्छौँ : डा.महत
प्रकाशित २०७४ साउन १५ आइतबार
211
Shares
काठमाडौं। पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले एक भूपरिवेष्ठित देशको नाताले नेपालले भारतसँग अन्तर्राष्ट्रिय पहुँच र बजारका लागि सधैँ सहयोगको अपेक्षा गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय सहयोग परिषद भारतद्वारा हिजो साँझ नयाँ दिल्लीमा आयोजित ‘परिवर्तित भूराजनीतिक सन्दर्भमा नेपाल भारत सम्बन्ध’ विषयक गोष्ठीलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले एउटा भूपरिवेष्ठित देशका कारण नेपालका विशेषखालका र धेरै प्रकारका विकास चूनौति रहेका बताए।
उन भने ‘हाम्रो अर्थतन्त्रको विकास र पूर्वाधारको निर्माणका साथै व्यापार प्रवर्धनमा अन्तर्राष्ट्रिय पहूँच र विस्तारका लागि एक भूपरिवेष्ठित देशका नाताले हामी छिमेकी भारतसँग स्वभाविक रुपमै सहयोगको अपेक्षा राख्दछौँ र उसले हाम्रा समस्यालाई स्वभाविक रुपमै मनन् गरिदियोस भन्ने चाहन्छौँ।
नेपालको आर्थिक सामाजिक विकासमा भारतको सहयोग लामो समयदेखि रही आएको स्मरण गर्दै पूर्वमन्त्री डा.महतले भारतले आफ्नो बिकास र समृद्धिमा एक छिमेकीको नाताले नेपालको विकास, समृद्धि तथा स्थायित्वलाई पनि नबर्सिन आग्रह गरे।
खुला सीमाना रहेका दुई छिमेकी मुलुक नेपाल र भारतको सम्बन्ध निकै पुरानो भएको मात्र नभई हाम्रो संस्कार, परम्परा र अरु पनि धेरै कुरामा समानता रहेको प्रसंग उल्लेख गर्दै उहाँले सार्क, विम्सटेकलगायका अन्तर्राष्ट्रिय संस्थाहरुबाट पनि हामी साझा चासो र मुद्धामा अन्तर्राष्ट्रिय मञ्चहरुमा एकै आवाजका साथ काम गर्दै आएको बताए।
भारतको स्वतन्त्रताका लागि नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाले पनि योगदान पुर्याएको तथा नेपालमा प्रजातन्त्रका लागि भएका कतिपय अभियानमा भारतको सहयोग रहेकाले पनि दुई देशको राजनीतिक सम्बन्ध र समानता रहेको उनले बताए।
विश्वको एक उदीयमान अर्थतन्त्र भारतले कसरी प्रजातन्त्र र विकास साथसाथै अघि बढ्छ भन्ने उदाहरण संसारमै प्रस्तुत गरेको बताउदै पूर्वमन्त्री डा.महतले नेपालले पनि पछिल्लो समयमा आवधिक निर्वाचन र समावेशी प्रजातन्त्रको उत्कृष्ट अभ्यास गरिरहेको स्पष्ट गरे।
उनले भने– हामीले हालै सम्पन्न गरेका निर्वाचनमा स्थानीय तहका करिब २५ हजार प्रतिनिधि छानिएका छन् र ती मध्ये ४० प्रतिशतभन्दा बढी त महिला छन्। त्यस्तै दलित, जनजाति एवम् समाजमा सीमान्तीकृत बर्गका नागरिक पनि यो निर्वाचनमा ठूलो सङ्ख्यामा निर्वाचित भएका छन्।
अब नेपालका सामु प्रदेश र केन्द्रीय तहको निर्वाचन सपन्न गर्ने अहम दायित्व रहेको र नेपालको वर्तमान काँग्रेस नेतृत्वको सरकार र सबै राजनीतिक दल यसका लागि जुटिसकेको जानकारी गराउदै एक छिमेकीका नाताले नेपालको यो प्रजातान्त्रिकरण प्रक्रियामा भारतको सकारात्मक सहयोगको नेपालले अपेक्षा गर्नु स्वाभाविकै हो भन्।
सो कार्यक्रमको अध्यक्षता गर्नुभएका भारतीय कानुनमन्त्री रविशंकर प्रसादले नेपालको एक असल छिमेकीका रुपमा रहेको भारत सदैव समृद्ध र प्रजातान्त्रिक नेपालको पक्षमा रहेको बताएका थिए। रासस