arrow

जीएसटी सुरु भएपछि एक महिनामा भारतमा थपिए १० लाख करदाता, नेपालले के सिक्ने ? 

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
GST.jpg

काठमाडौं । जीएसटी लागू भएपछि शनिबारसम्म भारतमा १० लाख भन्दा बढी नयाँ करदाता थपिएका छन् । नयाँ कर प्रणालीको सुरुवात गर्ने भारतीय सरकारी कर्मचारीहरुमा भने यो समाचारसँगै खुशियाली छाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

भारतका राजश्व सचिव हसमुख अधियाले आईतबार एक ट्वीट मार्फत् जीएसटी लागू भएपछि नयाँ रजिस्ट्रेशन गर्ने करदाताको संख्यामात्रै १० लाख भन्दा बढी पुगेको उल्लेख गरेका छन् । झण्डै दुई लाख भन्दा बढी आवेदनहरु अझै पेण्डिङ रहेको उनले जानकारी दिए । 

नेशनल इन्स्टिच्यूट अफ पब्लिक फाइनान्स एण्ड पोलिसीका प्राध्यापक एनआर भानुमूर्ति भन्छन् 'यो १० लाख मध्येपनि ८/९ लाखले मात्रै करको विवरण बुझाएभने पनि भारतमा कर एकदमै धेरै बढ्ने निश्चित छ ।' उनका अनुसार यसरी करको दायरा बढ्छ भने यसमा सरकारले करको दर भने अवश्य कम गर्नुपर्छ ।  

यो नयाँ प्रणाली मानिन् गुड्स एण्ड सर्विसेज ट्याक्स नेटवर्कमा पुराना ८६ लाख व्यापार तथा सेवा प्रदायक कम्पनीहरु रजिस्ट्रर भइसकेका थिए । जीएसटी नेटवर्कका सीईओ प्रकाश कुमारले 'यो ८६ लाख मध्यपनि जम्मा ७१ लाखले जीएसटीआईएन नम्बर एक्टिभेट गरेका छन् ।' भनेका छन् । 

अहिले भारतमा २० लाखसम्मको कारोबार गर्ने कम्पनी जीएसटी नेटवर्कमा सामेल हुन आवश्यक छैन । सो भन्दा बढी कारोबार गर्नेहरुले भने जीएसटीमा सामेल हुनुपर्छ । अब भारतमा सो भन्दा माथिका कारोबारका लागि जीएसटीबिल अनिवार्य गरिएको छ । 

भारतमा यति धेरै मानिस जीएसटी कारोबारमा थपिएसँगै नेपालले पनि यसबाट के सिक्ने भनेर सोच्ने बेला भएको छ । २० वर्ष अघि नै नेपालले सुरु गरिसकेको जीएसटी भन्दा कैयौं गुणा राम्रो भ्याट प्रणाालीलार्इ अझ प्रभावकारी बनाउनु पर्ने अवस्था र अहिलेका अर्थमन्त्रीले गरेको दायरा बढाउने घोषणालार्इ साकार बनाउन नेपालले चाहिँ कस्तो नीति अपनाउने भन्नेबारे पनि सोच्ने बेला भएको छ ।  

यो तथ्यांकले नेपालले पनि करको दायरा बढाउनको लागि प्रणाली सुधार र प्रणाली सुधारको लागि एकद्वार नीति मार्फत् करको चुहावट नियन्त्रण गर्नुपर्छ भन्ने पाठ भने अवश्य सिक्नुपर्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ