arrow

राजश्व दोब्बर वृद्धि

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
jhapa_maltpot_karyalaya.jpg

भद्रपुर । मालपोत कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७३-७४ मा लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गरेको छ । 

कार्यालयले आर्थिक वर्ष २०७३-७४ मा १७ करोड ४१ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकामा  ३७ करोड ४६ लाख ४१ हजार संकलन गरेको लेखा शाखाका कर्मचारी प्रकाश सिटौलाले जानकारी दिए । 

राजिष्ट्रेशन दस्तुर ३१ करोड ८८ लाख एक हजार, रोक्का दस्तुर रु १७ लाख ३५ हजार, कर्जा लिखितमा  चार करोड ४४ लाख ३० हजार, नामसारीबाट आठ लाख ३३ हजार, प्रतिलिपि दस्तुरबाट  दुई लाख ३७ हजार, दाखिला खारेजबाट  ७७ लाख तीन हजार, डोरदस्तुरबाट एक लाख ३६ हजार, सम्पत्ति बिक्रीबाट  सात हजार, बेरुजुबाट  चार हजार र पूर्जा बिक्रीबाट रु सात लाख १२ हजार राजश्व संकलन गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ