arrow

पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थी रोबोट बोकेर जापान जाँदै

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
Robort_Journalist.jpg

ललितपुर। जापानको राजधानी टोकियोमा हुन लागेको एबिओ रोबोकन२०१७ मा भाग लिन नेपालको तर्फबाट पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीको एक समूह त्यसतर्फ जान लागेको क्याम्पस प्रमुख गोकर्णबहादुर मोत्राले जानकारी दिए । 

क्याम्पद्वारा सुक्रबार  आयोजित रोबोट सम्बन्धी अवलोकन कार्यक्रममा उनले आगामी भदौ १२ गते ९अगष्ट २७० मा हुने सो प्रतियोगितामा भाग लिन विद्यार्थी, शिक्षक र कर्मचारी गरेर १८ जनाको समूह भदौं ८ गते त्यसतर्फजान लागेको बताएका छन् । उक्त प्रतियोगितामा १९ वटा देशका २० वटा समूहबीच प्रतिस्पर्धा हुने उनको भनाइ छ । 

जापानमा हुनलागेको  प्रतियोगितामा जापान, चीन, थाइल्याण्ड, भियतनाम, मलेसिया, हङकङ, इरान, काजिकस्तान, फिजी, इण्डोनेसिया, भारत, नेपाल, ंबंगलादेश, श्रीलंका, पाकिस्तान, कम्बोडिया, इजिप्ट, रसिया र मंगोलियाबाट आउने इञ्जिनियरिङका विद्यार्थीले तयार पारेका रोबोटको प्रदर्शन हुने जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ