पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थी रोबोट बोकेर जापान जाँदै
प्रकाशित २०७४ साउन २० शुक्रबार
850
Shares
ललितपुर। जापानको राजधानी टोकियोमा हुन लागेको एबिओ रोबोकन२०१७ मा भाग लिन नेपालको तर्फबाट पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीको एक समूह त्यसतर्फ जान लागेको क्याम्पस प्रमुख गोकर्णबहादुर मोत्राले जानकारी दिए ।
क्याम्पद्वारा सुक्रबार आयोजित रोबोट सम्बन्धी अवलोकन कार्यक्रममा उनले आगामी भदौ १२ गते ९अगष्ट २७० मा हुने सो प्रतियोगितामा भाग लिन विद्यार्थी, शिक्षक र कर्मचारी गरेर १८ जनाको समूह भदौं ८ गते त्यसतर्फजान लागेको बताएका छन् । उक्त प्रतियोगितामा १९ वटा देशका २० वटा समूहबीच प्रतिस्पर्धा हुने उनको भनाइ छ ।
जापानमा हुनलागेको प्रतियोगितामा जापान, चीन, थाइल्याण्ड, भियतनाम, मलेसिया, हङकङ, इरान, काजिकस्तान, फिजी, इण्डोनेसिया, भारत, नेपाल, ंबंगलादेश, श्रीलंका, पाकिस्तान, कम्बोडिया, इजिप्ट, रसिया र मंगोलियाबाट आउने इञ्जिनियरिङका विद्यार्थीले तयार पारेका रोबोटको प्रदर्शन हुने जनाइएको छ । रासस