arrow

 कोशी गढतीर मोटरबाटो निर्माणका लागि ६ अर्व  रकम विनियोजन

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७४ साउन २१ शनिबार
tomar_karidor.JPG

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तमोर कोरीडोर अन्तर्गत कोशी गढतीर मोटरबाटो निर्माणका लागि ६ अर्व रकम विनियोजन गरेको छ।

करिडोर अन्तर्गत सुनसरीको चतरादेखि धरानको मुलघाट सम्म २ अर्व ,  मुलघाट देखी पाँचथरको माझीटार सम्म ३  र माझीटार देखि गणेश चोक सम्म १ अर्ब रुपैया रकम विनियोजन गरेको हो।

 चतरा देखि मूलघाट सम्म नयाँ ट्रयाक ओपन,मूलघाट देखि माझीटार सम्म र माझीटारदेखि गणेश चोक सम्म सडकको चौडा बनाइने,नाली काट्ने,ड्रेन,वालको काम गरिने पूर्व स्थानिय विकाशमन्त्री पूर्ण कुमार शेर्माले वताए । उनले भने,“अव एक हप्ता भित्रमा टेन्डर आह्वान गरिने र यस आर्थिक वर्ष ०७४-०७५ भित्र आयोजनाको काम सकिने छ ।”

तमोर कोरीडोर निर्माण भए छिटो र सहज ढंगबाट तराई पुग्न सकिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ