कोशी गढतीर मोटरबाटो निर्माणका लागि ६ अर्व रकम विनियोजन
जितेन्द्र भण्डारी
प्रकाशित २०७४ साउन २१ शनिबार
645
Shares
पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तमोर कोरीडोर अन्तर्गत कोशी गढतीर मोटरबाटो निर्माणका लागि ६ अर्व रकम विनियोजन गरेको छ।
करिडोर अन्तर्गत सुनसरीको चतरादेखि धरानको मुलघाट सम्म २ अर्व , मुलघाट देखी पाँचथरको माझीटार सम्म ३ र माझीटार देखि गणेश चोक सम्म १ अर्ब रुपैया रकम विनियोजन गरेको हो।
चतरा देखि मूलघाट सम्म नयाँ ट्रयाक ओपन,मूलघाट देखि माझीटार सम्म र माझीटारदेखि गणेश चोक सम्म सडकको चौडा बनाइने,नाली काट्ने,ड्रेन,वालको काम गरिने पूर्व स्थानिय विकाशमन्त्री पूर्ण कुमार शेर्माले वताए । उनले भने,“अव एक हप्ता भित्रमा टेन्डर आह्वान गरिने र यस आर्थिक वर्ष ०७४-०७५ भित्र आयोजनाको काम सकिने छ ।”
तमोर कोरीडोर निर्माण भए छिटो र सहज ढंगबाट तराई पुग्न सकिनेछ ।