arrow

 विवरण नबुझाउने ७९ सहकारी संस्थाको दर्ता खारेज

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
bara_district_map.png

कलैया । बारामा ७९ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । 

सहकारी ऐन २०४८ को परिच्छेद १० को दफा ४१ को उपदफा ३ बमोजिम जिल्लामा रहेका सहकारीमध्ये ती संस्थाको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय बाराले जनाएको छ । 


सहकारी ऐन बमोजिम दर्ता भएका ती सहकारी संस्थाले ऐन नियम तथा संस्था स्वीकृत विनियमबमोजिम गर्नुपर्ने कार्य नगरेको र ३१ वर्षसम्म कुनै पनि विवरण नबुझाएकाले ती सहकारी संस्थाको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय बाराका कार्यालय प्रमुख कुलोत्तम पोखरेलले बताए । 

बारा जिल्लामा १० प्रकारका ७११ वटा सहकारी संस्था सञ्चालनमा छन् । तीमध्ये कृषि सहकारी ३६०, बचत तथा ऋण सहकारी २२७, बहुद्देश्यीय सहकारी ५३, साना किसान सहकारी १९, पशुपालन सहकारी १६, दूध उत्पादन सहकारी १५, मत्स्य सहकारी १३, सञ्चार सहकारी चार, उपभोक्ता सहकारी तीन र तरकारी तथा फलफूल सहकारी संस्था एक वटा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ