- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लन्डन । जमैकाका धावक युजेन बोल्टले आफ्नो करियरको अन्तिम भिडन्तमा पराजय भोगेका छन् ।
इङ्ल्यान्डको लन्डनमा जारी एथ्लेटिक्स विश्व च्याम्पियनसिपमा १०० मिटर दौडमा बोल्ट तेस्रो भए ।
९.९२ सेकेण्ड रेस सकाएका अमेरिकी धावक जस्टिन ग्याट्लिन पहिलो हुँदा ९.९४ सेकेण्डमा रेस सकाएका अर्का अमेरिकी धावक क्रिस कोलम्यान दोस्रो भए ।
तेस्रो स्थान लिएका बोल्टले ९.९५ सेकेण्डमा रेस सकाए ।
ओलम्पिक खेलमा ८ वटा स्वर्ण पदक जितेर किर्तिमान बनाएर करियरमा १९ स्वर्ण पदक जितेका बोल्टको बिदाइ खल्लो भएको हो ।