arrow

सवारी चालक अनुमतिपत्र वितरण सहज बनाउन मन्त्री बलायरको निर्देशन

सेवग्राहीसँग पनि वातमारे

logo
प्रकाशित २०७४ साउन २२ आइतबार
balayer1.jpg

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सवारी चालक अनुमतिपत्र वितरण सहज बनाउन यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

आइतबार दिउँसो सवारी चालक अनुमतिपत्र कार्यालय र साना–ठूला सवारी कार्यालय एकान्तकुनाको निरीक्षण गर्दै मन्त्री बलायरले यस्तो निर्देशन दिएका हुन् ।   कार्यालयको कामकाजबारे जानकारी लिँदै मन्त्री बलायरले अनुमतिपत्र लिन लिखित परीक्षा उत्तीर्ण गरेपछि बाँकी प्रक्रियाका लागि दुई महिना कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न कर्मचारीलाई भनेका छन् ।

‘कार्यालयमा इन्टरनेटको क्षमता बढाइनुपर्छ, अनलाइनबाटै अनुमतिपत्र फाराम भर्ने व्यवस्था गरिए पनि सहज नभएको गुनासा आएका छन्, यसलाई सहज बनाउन वैकल्पिक इन्टरनेटको व्यवस्था गरिनुपर्छ, अनलाइन सेवामा गइसकेपछि अनलाइन सेवा अवरुद्ध नहुने व्यवस्था कार्यालयले मिलाउनुपर्छ’ –मन्त्री बलायरले भने ।

कम्प्युटरको हार्ड डिस्कको क्षमता बढाउन पनि उनले निर्देशन दिए । अनलाइन प्रणालीमा सुधार गरेर छिटो छरितो सेवा प्रदान गर्न भनेका मन्त्री बलायरले सेवाग्राहीका गुनासा समेत सुने ।

सेवाग्राहीसँग कुरा गर्दै मन्त्री बलायरले अब पहिले जस्तो समस्या नआउने बताए । काममा कुनै कमि आउनेवित्तिकै आफुलाई जानकारी दिन मन्त्री बलायरले सेवाग्राहीलाई भनेका छन् । सेवाग्राहीले मन्त्रीलाई सवारी चालक अनुमतिपत्र लिन निकै समस्या भइरहेको सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ