arrow

उनन्चालिस खानीको प्रमाणपत्र रद्द

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
khani.jpeg

काठमाडौं  । खानी तथा भूगर्भ विभागले खनिज अन्वेषण तथा विकास आयोजना अन्तर्गत आर्थिक वर्ष २०७३-७४ मा ३९ खानीको खानी उत्खनन तथा खोजतलास प्रमाणपत्र रद्द गरेको छ । 

विभागले उत्खननका लागि प्रमाणपत्र लिएका तर समयमा काम नगरेका ती खानीको खोजतलास प्रमाणपत्र रद्द गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाले देशभरका ३६७ खानीलाई प्रमाणपत्र वितरण गरिएको जानकारी दिए । 

दुई सय सात खानी खोजतलासको प्रमाणपत्र नवीकरण, ७६ खानी उत्खनन प्रमाणपत्र नवीकरण र सात नयाँ खानीलाई उत्खनन प्रमाणपत्र प्रदान गरेको छ भने ८० खानीको वातावरणीय अनुगमन तथा निरीक्षण गरेको छ । प्रवक्ता झाका अनुसार खानी, वन तथा जिल्ला विकास समितिबीचमा ऐन कानूनका केही दफा बाँझिएका कारण खनिजजन्य उद्योग प्रवद्र्धन गर्न समन्वयको अभाव भएको छ । “युरेनियम ऐन र कानूनको अभावका कारण काम गर्न समस्या भएको छ,” उनले भने । 

विभागले नवलपरासीमा धौवादी फलाम अन्वेषण, मुस्ताङमा युरेनियम अन्वेषण, काठमाडौँमा प्राकृतिक ग्यास अन्वेषण, उदयपुरमा तामाखानी, धादिङ, मकवानपुर, अर्घाखाँची, महोत्तरी र सर्लाहीमा चुनढुंगा अध्ययन, बैतडी, अछाम, सुर्खेत, लमजुङलगायत जिल्लामा भौगर्भिक नक्साङ्कन गरिएको, तनहुँ, पाल्पा, स्याङ्जालगायत जिल्लामा खनिजजन्य उद्योग प्रवद्र्धन गर्ने कार्य गरेको छ । 

बझाङमा फस्फोराइट अन्वेषण र बैतडीमा फलाम तथा तामा अध्ययन, निर्माणमुखी खानीको लागि विद्युत् प्रसारण लाइन विस्तार गरिएको विभागले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ