- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
टेलिकोम एरिना । युरोपियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि स्पेनिस क्लब रियाल मड्रिडले जितेको छ ।
मेसेडोनियाको राजधानी स्कोप्जे सहरको टेलिकोम एरिनामा मंगलबार राति भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउँदै रियाल मड्रिडले उपाधि जितेको हो ।
रियाल मड्रिडका लागि २४ औं मिनेटमा क्यासेमिरो र ५२ औं मिनेटमा इस्कोले गोल गरे ।
म्यानचेस्टरका रोमेलु लुकाकुले ६२ औं मिनेटमा गोल फर्काउँदै अन्तरमात्र कम गरे ।
जितसँगै रियाल मड्रिड २७ वषपछि युएफा सुपर कप फुटबलको साविक उपाधि रक्षा गर्ने पहिलो टिम बनेको छ ।
यो हारले सबैभन्दा बढी धक्का म्यानचेस्टर प्रशिक्षक होजे मौरिन्होलाई परेको छ । उनले पूर्व क्लव रियाल मड्रिडलाई पछार्न सकेनन् ।