arrow

सीमा क्षेत्रका अवरोध हटाउन भारतलाई पुनः आग्रह

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
775896706.jpeg
काठमाडौँ । सरकारले भारतसँगको सीमा क्षेत्रमा पछिल्लो समयमा उत्पन्न अवरोध तत्काल हटाउन आवश्यक सहयोगका लागि भारतसँग पुनः आग्रह गरेको छ । 

उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले बुधबार नेपालका लागि भारतीय राजदूत रणजीत रायसँग आफ्नै कार्यकक्षमा भएको भेटमा सरकारले त्यस्तो आग्रह गरेको हो । 
भेटपछि रासससँग संक्षिप्त कुरा गर्दै उपप्रधानमन्त्री थापाले सिमानामा भएका अवरोध हटाउन भारत सरकारको सहयोगको अपेक्षा आफूले पुनः दोहो¥याएको बताए । 

नेपाली जनताले राहत पाउने गरी सीमा क्षेत्रका व्यवधान अन्त्य गर्न स्थानीय एवम् केन्द्रीयस्तरमा दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा आफूले जोड दिएको उनले बताए । यसैबीच, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री थापासँग नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले बुधबार शिष्टाचार भेट गर्नुभयो । 

त्यसअवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ