- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
क्याम्प नोउ । स्पेनिस सुपर कप फुटबलको पहिलो लेग रियाल मड्रिडले जितेको छ । आइतबार राति घरेलु मैदान क्याम्प नोउमा खेलेको बार्सिलोनालाई ३–१ ले हराउँदै रियाल मड्रिडले जित हासिल गरेको हो ।
५० औं मिनेटमा जेरार्ड पिकेले आत्मघाति गोल गरेपछि रियालले अग्रता लिएकामा ७७ औं मिनेटमा लिओनल मेस्सीले पेनाल्टी गोल गर्दै बराबरीमा ल्याए ।
८० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरी रियाल मड्रिडलाई अग्रता दिलाए । तर त्यसपछि लगातार दुई वटा पहेंलो कार्ड खाँदै रोनाल्डो बाहिरिए ।
इन्जुरी समयमा मार्को एसेन्सियोले गोल गर्दै मैदानमा प्रत्यक्ष खेल हेरेका ८९५१४ दर्शकलाई साक्षी राखेर ला लिगाअघि रियाल मड्रिडलाई पहिलो खेल जिताए ।