arrow

नेपाली काँग्रेसले यस्तो बनायो निर्वाचन निर्देशिका

पार्टीका सबै तहका निकाय र पदाधिकारीहरुको निर्वाचन गराउन लागू हुने

logo
काठमाडौं
प्रकाशित २०७२ पुष २६ आइतबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली काँग्रेसले निर्वाचन निर्देशिका बनाएको छ। काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को धारा ३५ र नेपाली काँग्रेसको नियमावली २०६८ को नियम ३९ ले दिएको अधिकार प्रयोग गरी केन्द्रीय निर्वाचन समितिको पौष १४ गते बसेको बैठकले पार्टीका सबै तहका निकाय र पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्न गराउन तुरुन्त लागू हुने गरी तेह्रौ महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिका बनाइ जारी गरेको हो। र्देशिका नेपाली काँग्रेस केन्दीय समितिको २०७२ पुष २६ गते वसेको वैठकवाट स्वीकृत गरेको हो। 
 
यस्तो छ काँग्रेसको निर्वाचन निर्देशिकाः
 
परिभाषाः विधान भन्नाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) लाई वुझाउँदछ।
१. केन्द्रीय निर्वाचन प्रतिनिधि खटाउने र क्रियाशील सदस्यताको नामावली प्रकाशन गराउने व्यवस्थाः 
(क) केन्द्रीय निर्वाचन समितिले प्रत्येक जिल्लामा आवश्यकता अनुसार अधिकार सम्पन्न केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिको रुपमा निर्वाचन अधिकृत नियुक्त गर्नेछ । निर्वाचन अधिकृतले आफू खटिएको जिल्ला भित्रका सबै तहका पद (मतदान केन्द्र, वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला) को निर्वाचन सम्पन्न गर्ने गराउने व्यवस्था मिलाउने छ। 
 
(ख) केन्द्रीय निर्वाचन समितिलाई उपलव्ध गराइएको क्रियाशील सदस्यको नामावली नेपाली काँग्रेसवाट उपलव्ध गराएको लगत्तै समितिको वेवसाइटमा सम्वन्धित व्यक्तीहरुको जानकारीका लागि प्रकाशन गरिने छ ।
 
(ग) केन्द्रीय निर्वाचन समितिले दफा १ को खण्ड (क) वमोजिमको निर्वाचन अधिकृत नियुक्त गरी निर्वाचन गराउने प्रयोजनका लागी नेपाली काँग्रेसको मूल्य र आदर्श संग नजिक रहेका विभिन्न शुभेच्छुक तथा सहयोगी संस्थाहरुवाट संभावित नामहरु मागिनेछ । त्यसरी माग गरिएका नामहरु निर्वाचन गराउन आवश्यक भन्दा केहि संख्या वढाएर माग गरिनेछ र निर्वाचन संम्पन्न गरिनेछ । तर, माग गरिएका व्यक्तिहरु पर्याप्त संख्यामा उपलव्ध नभएमा वा निर्वाचन प्रयोजनका लागि खटाइएका व्यक्तिले सम्वन्धीत ठाउँमा जान अस्वीकार गरेमा वा निर्वाचन सम्पन्न गर्न नसकेमा केन्द्रीय निवार्चन समितिलाई वैकल्पिक निर्णय गर्न वाधा परेको मानिने छैन ।
 
(घ) केन्द्रीय निर्वाचन समितिले मुलुक भर निर्वाचन सम्पन्न गर्ने गरि निर्वाचन कार्यक्रम प्रकाशन गर्नेछ । तर कावु वाहिरको परिस्थिति परि निर्धारित मिति र समयमा निर्वाचन सम्पन्न हुन नसकेमा वा निर्वाचनमा अनियमितता भै निर्वाचन वदर गर्नु पर्ने अवस्था आई परेमा सो वदर गरी केन्द्रीय निर्वाचन समिति वा निर्वाचन अधिकृतले केन्द्रिय निर्वाचन समितिको पूर्व स्वीकृति लिई अर्को मिति तोकी निर्वाचन सम्पन्न गर्नेछ ।
 
(ङ) निर्वाचन अधिकृतले नेपाली काँग्रेसको शुभेच्छुक तथा सहयोगी संस्थाहरु मध्येबाट निर्वाचन अधिकृतको अधिकार प्रयोग गर्ने गरी आवश्यकतानुसार गाउँ, नगर, नगरका वडा र क्षेत्रका लागि मतदान अधिकृतहरु नियुक्त गरी खटाउनेछ । त्यसरी खटिएका मतदान अधिकृतले सम्बन्धित तहको निर्वाचन सम्पन्न गर्नेछ । 
 
(च) केन्द्रीय कार्यसमितिवाट क्रियाशील सदस्यता प्राप्त गरेका मतदाताहरुको अन्तिम नामावली सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतले प्रकाशित गर्नेछ । जिल्ला कार्यसमिति/क्षेत्रीय समिति/नगरसमिति/नगर वडा समिति/ गा.वि.स. समितिहरुले आ–आफ्नो क्षेत्राधिकार भित्र पर्ने क्रियाशील सदस्यताको मतदाता नामावलीको प्रतिलिपी मागेमा आवश्यक शुल्क लिई संभव भए सम्म उपलब्ध गराउने छ ।
 
(छ) निर्वाचन वा मतदान अधिकृत आफू जुन गाउँ, नगर, क्षेत्र तथा जिल्लामा खटिएको हो, सो स्थानमा हुने निर्वाचनको कुनै पनि पदका लागि उम्मेदवार हुन सक्ने छैन । 
 
(ज) पार्टीका केन्द्रीय, जिल्ला, क्षेत्र, नगर, नगर वडा र गाउँ, गाउँ वडा र गाउँ मतदान केन्द्र समितिहरुमा निवार्चन सम्पन्न गर्ने प्रयोजनका लागि खटिइजाने निर्वाचन समिति/निर्वाचन अधिकृत/मतदान अधिकृतलाई सहयोग गर्नु प्रत्येक तहका पार्टीका पदाधिकारी तथा पार्टी कार्यकर्ताहरुको जिम्मेवारी र कर्तव्य हुनेछ ।
 
(झ) केन्द्रीय निर्वाचन समितिले नेपाली काँग्रेस केन्द्रीय कार्यालयसंग र निर्वाचन अधिकृतले सम्वन्धित जिल्ला कार्य समितिसंग समन्वय राखी काम गर्नेछ । केन्द्रीय निर्वाचन समिति र निर्वाचन प्रयोजनका लागि खटिइ जाने निर्वाचन÷मतदान अधिकृत लगायतलाई सहयोग गर्नु नेपाली काँग्रेसको केन्द्रीय समिति देखि गाउँ समिति सम्म सवैको कर्तव्य हुनेछ ।
 
२. निर्वाचन तथा मतदान अधिकृतको काम, कर्तव्य र जिम्मेवारीः
(क) निर्वाचन अधिकृतको अधिकार प्रयोग गर्ने गरी खटिएको मतदान अधिकृतले पार्टीको विधान, नियमावली, निर्वाचन निर्देशिका २०७२ र केन्द्रीय निर्वाचन समितिको निर्देशनलाई पालना गरी स्वतन्त्र, निष्पक्ष र सद्भावपूर्ण रुपमा निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गराउनु पर्नेछ । 
 
(ख) निर्वाचन अधिकृत वा मतदान अधिकृतले पार्टीको सम्बन्धित तहको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको मितिमा नै सम्पन्न गर्नु पर्नेछ । केन्द्रीय निर्वाचन समितिले निर्वाचन हुने सूचना यथा समयमै प्रकाशित गर्नेछ । 
 
(ग) केन्द्रीय निर्वाचन समितिले तोकेको मितिमा सम्बन्धित तहका पदको मतदानबाट निर्वाचन गराउँदा मतदाता नामावली प्रकाशित गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, मनोनयन पत्र माथि दावी विरोध गर्ने, सो उपर परेको दावी विरोधको जाँचबुझ गर्ने, उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपि) वमोजिम पहिलो नामावली प्रशाशित गर्ने, मनोनयन पत्र फिर्ता लिने, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने र निर्वाचन सम्पन्न पश्चात परिणाम घोषणा गर्ने समेत प्रयोजनका लागि निर्वाचन अधिकृत वा मतदान अधिकृतले निर्वाचन कार्यक्रम प्रकाशित गर्नेछ । 
 
(घ) कावू भन्दा बाहिरको परिस्थिति उत्पन्न भएमा गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशनका निमित्त पूर्व निर्धारित मितिमा सामान्य हेरफेर गर्न सकिनेछ । सोको कारण सहितको जानकारी केन्द्रीय निर्वाचन समितिलाई निर्वाचन अधिकृतले गराउनु पर्नेछ । तर सामान्यतया केन्द्रीय निर्वाचन समितिले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्नु  पर्नेछ । 
 
(ङ) निर्वाचन अधिकृतले निर्वाचन गराउदा जुन तहको निर्वाचन गर्नु पर्नेछ सो निर्वाचन सम्वन्धित स्थानमा नै गर्नु पर्नेछ । कारणवश स्थान परिवर्तन गर्नु परेमा केन्द्रीय निर्वाचन समितिको पूर्व स्वीकृति लिई स्थान परिवर्तन हुन सक्नेछ । 
 
(च) निर्वाचन अधिकृतले निर्वाचन गराउदा गोप्य मतदानबाट निर्वाचन गराउनु   पर्नेछ । गोप्य मतदानको प्रयोजनका लागि तह र पद अनुसार अनुसूची १ देखि १३ सम्म सम्बन्धित मतपत्रको प्रयोग गर्नु गराउनु पर्नेछ । मतदातालाई मतपत्र दिंदा सम्बन्धित मतदाताको नामको अगाडि निजको सही गराई दिनुपर्छ । 
 
(छ) निर्वाचन वा मतदान अधिकृतले मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतगणना कार्य गर्नु पर्नेछ । मत गन्ति गर्दा व्यवस्थित रुपमा सम्बन्धित उम्मेदवार वा निजको वारेसको रोहवरमा गर्नु पर्छ र खसेको सदर मत, वदर मत र उम्मेदवारले पाएका मत समेतको विवरण खुलाई उपयुक्त मुचुल्का बनाई प्रमाणित गर्नुपर्छ । 
 
(ज) केन्द्रीय सभापतिको हकमा विधानको धारा  १६ (१)(क) र जिल्ला सभापतिको हकमा विधानको धारा १० को उपधारा (२)(क)(१) मा भएको व्यवस्था बमोजिम र पार्टीका अन्य सबै तहको पदको हकमा सबैभन्दा बढी मत पाउने उम्मेदवारलाई निर्वाचन वा मतदान अधिकृतले निर्वाचित घोषणा गर्नेछ । 
 
(झ) मत बराबर भएमा सम्बन्धित निर्वाचन अधिकृत या मतदान अधिकृतले गोला प्रथाद्वारा विजयी भएको उम्मेदवारको नामको घोषणा गर्नेछ । 
 
(ञ) विजयी उम्मेदवारलाई अनुसूची २० मा दिइएको नमूना बमोजिमको प्रमाणपत्र दिइनेछ । सो प्रमाणपत्रलाई परिचय पत्रको रुपमा मान्यता दिइनेछ । 
 
(ट) निर्वाचन अधिकृतले जिल्ला तहको निर्वाचनबाट विजयी भएका व्यक्तिहरुको नाम र ठेगाना छिटो साधनद्वारा केन्द्रीय निर्वाचन समितिमा जानकारीका लागि पठाउनु पर्नेछ । 
 
(ठ) मतदान अधिकृतले वडा, गाउँ, नगर र क्षेत्रीय तहमा भएको निर्वाचनको परिणाम अनुसार विजयी भएका व्यक्तिहरुको नाम सबैभन्दा छिटो साधनद्वारा निर्वाचन अधिकृत मार्फत केन्द्रीय निर्वाचन समिति, सम्वन्धित जिल्ला कार्यसमिति र सम्वन्धित क्षेत्रीय समितिमा पठाउनु पर्नेछ । 
 
(ड) निर्वाचन अधिकृत र मतदान अधिकृतले निर्वाचन अधिकृत मार्फत सबै तहका पदको लागि निर्वाचनको निमित्त प्रयोग भएको मतपत्र र अन्य सबै कागजात सम्बन्धित उम्मेदवार वा निजको वारेसको समेत सही गराई सुरक्षित रुपमा केन्द्रीय निर्वाचन समितिमा बुझाउनु पर्नेछ । तर, उम्मेदवारले सहीगर्न नमानेमा सोही वेहोरा खोली पठाउन सकिनेछ । 
 
(ढ) निर्वाचन अधिकृतले आफू खटिएको जिल्ला भित्र सम्पन्न भएको निर्वाचनसँग सम्बन्धित खर्च र सम्बन्धित उम्मेदवारहरुबाट मनोनयन पत्र दाखिला गर्दा प्राप्त रकमको आम्दानीको प्रमाणित कागज सहितको हिसाब किताब निर्वाचन सम्पन्न भएको पन्ध्र दिनभित्र केन्द्रीय निर्वाचन समितिमा बुझाउनु पर्नेछ । 
 
(ण) निर्वाचन अधिकृत वा मतदान अधिकृतले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन आवश्यक व्यवस्था मिलाउने छ । 
 
(त) निर्वाचन अधिकृत वा मतदान अधिकृतले तोकिएको दिनमा विशेष परिस्थितिवस निर्वाचन गराउन नसकेमा वा मतदानको क्रममा कुनै वाधा विरोध उत्पन्न हुन गई मतदान पूरा हुनसक्ने अवस्था नदेखेमा वा मतगणना गर्ने काममा कुनै वाधा विरोध उत्पन्न भएमा मतदान वा मतगणना कार्य रोक्न सक्नेछ र यसरी रोकिएका मतदान वा मतगणना पुनः प्रारम्भ गरी समाप्त गर्न वा आवश्यकता अनुसार शुरु भएको मतदान वा मतगणनाको कार्य रद्ध गरी दुईदिन भित्र अर्को मतदान कार्य गर्न गराउन समेत सक्नेछ । उपरोक्त अनुसारको स्थिति पर्न आएको खण्डमा विस्तृत रुपमा सोको कारण खोली मतदान अधिकृतले निर्वाचन अधिकृत समक्ष र निर्वाचन अधिकृतले केन्द्रीय निर्वाचन समिति समक्ष छिटो साधनद्धारा जानकारी दिई त्यसको विस्तृत प्रतिवेदन समेत पठाउनु पर्नेछ । 
 
३. निर्वाचन गराउनु पर्ने तह, पद र मतदाताहरुः 
(क) गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशन र कार्यसमितिको गठन र कार्यविधि सम्वन्धमा नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को क्रमश धारा ५, ६, ८ र १० वमोजिम हुनेछ । 
 
(ख) महाधिवेशन र महासमितिको गठन र कार्यविधि सम्वन्धमा नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को क्रमश धारा १५ र १८ वमोजिम हुनेछ ।
 
(ग) केन्द्रीय कार्यसमितिको गठन र कार्यविधि सम्वन्धमा नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को क्रमश धारा २१ र २३ वमोजिम हुनेछ ।  
 
४. केन्द्रीय कार्यसमितिले वाधा अड्काउ फुकाउन गरेका निर्णयहरुः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०६७ जेष्ठ २६ गतेको बैठकले पार्टी विधानको धारा ५० वमोजीम विधानको देहाय बमोजीमको व्याख्या गरी वाधा अड्काउ फुकाउने काम गरेको छः—
 
(१) पार्टीको तर्फवाट प्रतिनिधित्व गर्ने सासद वा पछिल्ला आम निर्वाचनमा संविधान सभाका लागी उम्मेदवार भएको व्यक्ति आफु निर्वाचन भएको वा उम्मेदवार भएको क्षेत्रको क्षेत्रीय अधिवेशनको पदेन सदस्य रहनेछ । यस्तो सदस्यलाई निर्वाचनमा भाग लिन र मतदानको अधिकार पनि हुनेछ । तर, विधानको धारा ५ को उपधारा ५ र विधानको धारा ६ को उपधारा ९ को प्रयोग गरेमा क्षेत्रीय अधिवेशनको सदस्यको अधिकार प्रयोग गर्न पाइने छैन ।
तर, विधानको धारा ८(४) मा लेखीएको कुराले क्षेत्रीय अधिवेशन र क्षेत्रीय कार्यसमितिको पदेन सदस्य रहेको व्यक्तिलाई सम्वन्धित गाउँ÷नगर अधिवेशनमा  (मतदान गर्ने वाहेक) भाग लिन वन्चितगरेको मानिनेछैन ।
 
स्पष्टीकरण
सासंद/सभासद भन्नाले “प्रत्यक्ष रुपमा निर्वाचीत/समानुपातिक रुपमा  निर्वाचीत वा मनोनित समेतलाई वुझाउछ ।”
संविधान सभाकालागी उम्मेदवार भन्नाले “प्रत्यक्ष रुपमा वा समानुपातिक रुपमा पार्टीको तर्फवाट संविधान सभामा उम्मेदवार भएको व्यक्तिलाई समेत   जनाउदछ ।
 
(२) विधानको धारा ८(१) को “संविधान सभा, प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पार्टीका उम्मेदवार भएको व्यक्ति” भन्ने वाक्यांशलाई विधान अनुसार व्याख्या गरी केन्द्रीय समितिले सवैभन्दा पछिल्लो राष्ट्रिय निर्वाचनमा सांसद/सभासद निर्वाचन हुने निकायका व्यक्तिका रुपमा मात्र रहने व्याख्या गरेको हुनाले पछिल्लो संविधान सभाको उम्मेदवार वाहेक अरुलाई त्यसले समेटन नसक्ने निर्णय भएको छ ।
 
(३) (क) विधानको धारा २१ वमोजिम निरन्तर क्रियाशिल सदस्य रहेको वर्ष प्रमाणित गर्ने काम नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवको हुनेछ र निर्वाचनमा केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको पदमा उम्मेदवार हुन चाहनेले मनोनयन पत्र दाखिला गर्दा निरन्तर क्रियाशिल सदस्यको प्रमाणीत निस्सा समेत मनोनयन पत्र साथ दाखिला गर्नु पर्नेछ ।
 
(ख) विधानको धारा १०(२)(१) र १०(२)(२) वमोजिम निरन्तर क्रियाशिल सदस्य रहेको वर्ष प्रमाणित गर्ने काम नेपाली कांग्रेसको जिल्ला कार्यसमितिका सभापति वा सचिव वा केन्द्रीय कार्यालयका मुख्य सचिवको हुनेछ र निर्वाचनमा जिल्ला सभापति, सचिव र कोषाध्यक्ष पदमा उम्मेदवार हुन चाहनेले मनोनयन पत्र दाखिला गर्दा निरन्तर क्रियाशिल सदस्यको प्रमाणीत निस्सा समेत मनोनयन पत्र साथ दाखिला गर्नु पर्नेछ ।
 
(४) विधानको धारा ३५(४) मा “नेपाली काँग्रेसको महाधिवेशन हुने वर्षमा केन्द्रीय कार्यासमितिले तोकेको मितिमा नेपाली काँग्रेसको गाउँ, नगर/वडा, क्षेत्र, जिल्ला अधिवेशनमा निर्वाचन सम्वन्धी कार्य सम्पन्न गर्नेछ ।” भनि उल्लेख भएकोमा नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको वैठकको निर्णय वमोजिम उल्लेखित विधानको धारा ३५(४) को अधिकार केन्द्रीय निर्वाचन समितिलाई प्रत्यायोजित गरिएकोछ ।
 
(५) “अल्पसंख्यक र पिछडिएको वर्ग” भन्नाले अनूसूची २१ मा उल्लेख गरिएका जातीहरु, (संवत २०५८ सालको जनगणना अनुसार एक लाख जनसंख्या कम भएका जातीहरु) अपाङ्ग एवं तेश्रो लिंगी समेतलाई जनाउछ ।
 
५. मनोनयन पत्र दर्ता सम्बन्धी व्यवस्थाः
(क) पार्टी विधान अनुसार हुने जुनसुकै तहक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ