- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इत्तेहाद स्टेडियम । इंगलिस प्रिमियर लिग फुटबलको सोमबार रातिको खेलमा उपाधिको दावेदार म्यानचेस्टर सिटीले बराबरी खेलेको छ । घरेलु मैदानमा खेलेको म्यानचेस्टर सिटीले एभर्टनसंग १–१ को बराबरी खेलेको हो ।
खेलको ३५ औं मिनेटमा गोल गर्दै वाइने रुनीले कीर्तिमान रचेका छन् । होजे मौरिन्होले म्यानचेस्टर युनाइटेड सम्हालेपछि बेन्चमा थन्किन पुगेका रुनीले १३ वर्षपछि पुरानै क्लब एभर्टनमा फर्केपछि आफ्नो पुरानो चमत्कार देखाउने क्रममा गोल गर्दै लिगमा २०० गोल बनाउने दोस्रो खेलाडी बने ।
प्रिमियर लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी एलन शियरर हुन् । उनले लिगमा २६० गोल गरेका थिए ।
४४ औं मिनेटमा कायल वाल्करले दोहोरो पहेंलो कार्ड खाइ मैदानबाट बाहिरिएपछि १० जनामा समेटिएको म्यानचेस्टर सिटीका लागि ८२ औं मिनेटमा रहीम स्टर्लिङले बराबरी गोल गरे ।
८८ औं मिनेटमा एभर्टनका मोर्गान दोहोरो पहेंलो कार्डको शिकार भएका थिए ।
बराबरीपछि दुवै टिमको सामान ४–४ अंक भएको छ । लिगमा म्यानचेस्टर युनाइटेड ६ अंकसहित शिर्ष स्थानमा छ । हडर्सफिल्ड र वेष्टब्रोमको पनि ६–६ अंक नै छ ।