arrow

केही दिनमा खासा र केरुङबाट सामान आउँदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
831069427.jpeg
काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही दिनमा खासा र केरुङ नाकाबाट आपुर्ति हुने बताएको छ । 
 
मन्त्रालयका सहायक प्रवक्ता ध्रुव घिमिरेले विज्ञप्ति जारी गरी भूकम्पले बन्द भएका ती नाका खुलाउन प्रयास भइरहेको तथा त्यहाँबाट उपभोग्य बस्तुको पैठारीका लागि कूटनीतिकस्तरमा पहलसमेत भइरहेको उल्लेख गरेका छन् । 
 
पेट्रोलियम पदार्थको आपूर्तिलाई नियमित गर्न प्रयत्न भइरहदाँ केही सञ्चारमाध्यममा सरकारले चीनबाट पेट्रोलियम पदार्थको आयात गर्न नदिएको भन्ने समाचार आएकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ