इन्नोक्स टेक्नोमानियाले बनायो अखिल क्रान्तिकारीको मोबाईल एप्प
प्रकाशित २०७४ भदौ १० शनिबार
1.1k
Shares
काठमाडौं । माओबादी केन्द्र निकट बिधार्थी संगठन अखिल (क्रान्तिकारी) ले मोबाईल एप्प सुरु गरेको छ । संगठनको २१औं एकताको राष्ट्रिय सम्मेलनको उत्घाटन समारोहमा मोबाईल एप्पको सुरुवात अध्यक्ष प्रचण्डले गरेका छन् ।
इन्नोक्स टेक्नोमानियाले निर्माण गरेको सो एप्सबाट संगठनको बिज्ञप्ति, गतिबिधि, लेख तथा रचना, प्रकाशन, अडीयो भिडियो, कमिटिको बारेमा हर्न सकिनेछ । साथै लगिन सदस्यले संगठनको दस्ताबेज, बिधान, कार्यविधि तथा सर्कुलर हेर्न सक्नेछन् ।
इन्नोक्स टेक्नोमानियाका प्रबन्ध निर्देशक ईन्जिनियर प्रचेस आचार्यले भने - ' एक्कै पटकमा पदको आधारमा सबै सदस्यलाई इमेल एसएमएस गर्न सकिने गरिएको एप्पले आगामी दिनमा संगठनको लागि उपयोगी हुने विश्वास लिएको छु ।'