arrow

फेरि पनि मण्डले राष्ट्रवादका विम्ब र झुण्डकै बग्गी ‘राजा आऊ देश बचाऊ’

भ्रमबीच पृथ्वीनारायणको सम्झना : पहिचानको लडाई , धरापमा पृथ्वी पहिचान

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
Baggi-pirthibinarayn.jpg.jpeg
काठमाडौं । गणतन्त्र बहालीपछि एकपटक पृथ्वीजयन्तीको लहर देखियो । यद्यपि, राज्यले अझै राष्ट्रिय महत्व दिन सकेन । कारण पृथ्वीनारायणप्रति फेरि पनि भ्रम । २९४औँ जन्मजयन्तीमा उपत्यकासहित देशभर विभिन्न झाँकीहरु निस्कीए, बग्गीमा पृथ्वीनारायणको तस्वीर राखेर तामझामका साथ शालिकमा माल्यार्पण भयो । त्यो पनि भ्रमकाबीच ।  पृथ्वीनारायणको योगदान किनारा लगाउने मण्डले राष्ट्रवादका विम्ब र झुण्ड फेरि पनि राजा आऊ देश बचाऊ, पारस आऊ शासन गर, हिमानी आऊ प्रजातन्त्र बचाऊ, हृदयेन्द्र आऊ दरबार बचाऊ भन्ने नारा र मानसिकता बोकेर पृथ्वीनारायणको जन्मनयन्ती कार्यक्रममा सरिक भए । यो पनि पृथ्वीनारायणमाथिको अन्याय । 
 
मुलुक संकटमा रहेका बेला फेरि राष्ट्रिय एकता छोडेर गणतन्त्रविरोधी नारा घन्किए । यद्यपि, सत्तामा एउटै लपेट । कम्युनिष्ट, सुधारवादी कम्युनिष्ट र प्रजातन्त्रबादी र राजावादीहरु । तीनकै झुण्डले भ्रममै गणतन्त्रविरोधी नारा लगाए । जसले पृथ्वीनारायणप्रति सम्मान प्रकट गर्न सकेन । हिन्दु राष्ट्र घोषणाको स्वर चर्को रुपमा सुनियो । त्यो पनि सिको गर्दै । फेरि सत्ता हत्याउने हथ्कण्डाकै चर्चा सुनियो । यो पृथ्वी उपदेश र पृथ्वीविचार होइन । यति सम्मकी सिंहदरबार अगाडी पृथ्वीनारायण बडामहाजधिराज र रत्नपार्कमा हत्यारा सम्म ठहरिए । फेरि पनि एकपटक पृथ्वीनारायणको दिव्योपदेश र पृथ्वीविचार अध्ययन गर्नेहरुको खडेरी देखियो । हिजो पृथ्वीका शालिकमा ढुंगा हान्ने व्यक्तिहरुले आज सम्मान अर्पण गर्नु पृथ्वीनारायणको योगदान सम्झिनु मानिएला तर, पहिचान र अधिकारका नाउमा समाप्त पारिन थालिएको पृथ्वीपहिचानबारे कसैले सोच्न समेत सकेका छैनन् । सबै आ–आफ्नो पहिचान जोगाउने मसाल बोकेका छन् ।  
 
दायित्व कसको ? राज्य संचालकहरुले पृथ्वीनारायणको पहिचान संरक्षण गर्ने कि नगर्ने ? पृथ्वीनारायणको योगदान विर्सन नहुने भन्ने औपचारिक अभिव्यक्तिले पृथ्वीको पहिचान जोगिदैन भन्ने शासकहरुले राम्ररी बुझ्नु पर्दछ । उता, राष्ट्रका नक्षत्र पृथ्वीनारायणसंग थर, गोत्र र वंश मिल्नेहरुले उनको योगदानका नाउमा आफ्नो पहिचान दर्शाउन खोज्नु इतिकासको ठूलो भूल हो । तीनले दिव्योपदेश फेरि एकपटक पढ्नै पर्दछ । अद्भुद पृथ्वीमार्ग  नहिंडेकै कारण शासन फेल भएको र आफु अयोग्य ठहरिएको पछुतो मान्नै पर्दछ । अब योग्यहरुलाई शासन चलाउन सहयोग गर्नुपर्दछ । जो पृथ्वी सिद्धान्तको मूल कथा हो । जसका लागि कालुपाँडे जनताकै चाहननानुसार काजी बनेको पंक्ति खोज्न पृथ्वीनारायणको इतिहास पल्टाउनै पर्दछ । 
 
नेपालमा मात्र नभई विश्वका कैंयन मुलुकमा उवेला राष्ट्र निर्माण गर्ने परम्परा त्यही थियो । लडाई गर्ने विजय प्राप्त गर्ने । तर, त्यसमा पनि पृथ्वीनारायणको विलक्षणिक शक्ति अन्य भन्दा नितान्त फरक छ । उनी त्यसवेला शासक मात्र थिएनन् । राष्ट्रनिर्माण र भू–यथार्थताका रक्षक थिए । आवश्यक युद्ध गरेका उनको सिद्धान्त अनाक्रमण नै थियो । मानसिकता अपराजित । योग्य नेतृत्व कर्ता एवं अंग्रेज उपनिवेशविरोधी एसियाली नेता पनि । एकिकृत भारत व्रिटिश उपनिवेशको गुलाम हुँदा सिंगो राष्ट्र बनाउने पृथ्वीनारायणकै दिव्योपदेशसंग विभिन्न दर्शनशास्त्री र अहिंसावादीहरु जोडिएका छन् । 
 
पहिचान 
पृथ्वीविचारलाई नेपाली दर्शन मान्न नसक्ने नेपाली शासक र राजनीतिज्ञहरुले अब या त नेपाल राष्ट्र निर्माण गर्ने अरु कोही थियो भन्ने पुष्टी गर्नु पर्दछ । या पृथ्वीनारायणको स्पष्ट पहिचान राख्नु पर्दछ । अर्कोतिर, चुपचाप टोलाइरहेका इतिहास विद्हरुले नेपाल राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण कि अरु कोही थियो भन्ने, खोज्नु पर्ने बेला आएको छ । राज्य र नागरिकको वर्तमान व्यवहारले त्यही भनिरहेको छ । आज युरोपीयन, पश्चिमाहरुको दर्शनबारे अध्ययन भइरहेको छ । नेपाली दर्शन खै ? बुद्धको देश, सरगरमाथाको देश यी औपचारिक नाराले कसैको अस्तीत्व र पहिचान नझल्किने सबैले राम्ररी बुझेका छन् । पृथ्वीनारायणको मात्रै कुरा हैन । छिमेकी चिनले अब निकट भविष्यमै मुलुकलाई बौद्ध घोषणा गर्दैछ । वुद्धको पहिचान पनि यसरी ननासिएला भन्न सकिंदैन । आफ्नै मुलुकभित्र पहिचान खोजेर दाजुभाईसंग लडाई गर्ने मानसिकताबाट मुक्त हुनुस् भन्ने हो–पृथ्वीनारायणको दिव्य उपदेश । अहिले खोजीरहेको कुनै एक जाती, वर्ग विशेषको पहिचानले विश्व समुदायमाझ चिनिदैन भन्ने विचार हो–पृथ्वीविचार । नेपाल बहुराष्ट्रिय नभई बहुजातीय नै हो भन्ने स्पष्ट मान्यता छ– पृथ्वीनारायणको । आज हामी जहाँ–जहाँ  चुकिरहेका छौं । ती पाटा पृथ्वीनारायणले पहिलेनै केलाइसकेका छन् । पृथ्वीनारायणले मुलुक जोगाउन फेरिपनि राजतन्त्र चाहिन्छ भन्ने मानसिकताबाट समेत मुक्त हुन धेरै उपदेशहरु दिएका छन्  ।    -ब्यूरो सामग्री 
 
भ्रम मुक्तिका लागि वर्तमानसंग यीन नीतिको अर्थ लगाउनुस् 
 
–सबै जातको फुलबारी, सबैको हक र हैसियत बराबरी 
–सीप र प्रविधि सिकाऊ, दक्ष नागरिक बनाऊ
–विश्व शान्तिका लागि आवश्यक अनाक्रमणको परराष्ट्रनीति 
–नेतृत्व असल हुनु र शहीदका परिवारलाई नबिर्सनु
–हर क्षेत्रमा इमानदार र बहुजातीयलाई जिम्मेवारी देऊ
–थिति बाँध्नू, विधिले शासन चलाउनू
–राजस्व संकलन गर, हिनामिना नगर
–स्वधर्मको पालन गर, सञ्चारको विकास गर 
–अन्यायरहित समाजव्यवस्था सुनिश्चत गर 
–घुस र भ्रष्टाचारमाथि चोटिलो प्रहार गर 
–शोषण गर्ने विदेशीलाई देशभित्र आउन नदेऊ
–स्वदेशी श्रम, सीप र उत्पादनको उपयोग गर 
–निर्यात गर, विदेशी मुद्रा आर्जन गर
–राज्यको शक्ति भनेको नै जनता हो 
–कृषि उत्पादन बढाऊ, खानी खोजी अभियान चलाउ
–निरन्तर प्रशिक्षणमा ध्यान देऊ
–जनमतको कदर गर, प्रजातन्त्रमा विश्वास गर 
–सुरक्षा बन्दोबस्तलाई उच्च प्राथमिकता देऊ
–वातावरण जोगाएर आन्दानी बढाऊ
–राष्ट्रिय सुरक्षा र परिचयको लागि आफ्नो संस्कतिको रक्षा गर 
–जनताको साथ लिने, उपनिवेशवादीलाई धपाउने
–शुद्ध पानी, शक्ति र बुद्धिका खानी
–भू–यथार्थताको परराष्ट्रनीति पालना गर 
–प्रजातन्त्र र सुरक्षाका अंगहरुलाई मिलाएर लैजाऊ 
–उचित तलब देऊ, भ्रष्ट हुन नदेऊ 
                 –लेखक खगेन्द्रराज सिटौलाको पृथ्वीविचार र व्यवहार पुष्तकबाट 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ