छैटौँ सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल असोज २ देखि
प्रकाशित २०७४ भदौ १३ मंगलबार
190
Shares
पोखरा । पोखराको प्रदर्शनी केन्द्रमा आगामी असोज २ देखि ११ गतेसम्म छैटौँ सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल आयोजना गरिने भएको छ ।
बडादशैँलाई मध्यनजर गरी पोखरा–लेखनाथ नगर होटल रेष्टुराँ तथा बार एशोसिएशन (सिटी रेवान) ले आयोजना गर्न लागेको सो महोत्सव तथा फुड फेष्टिबलमा विशेष गरी उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु, खसी, बोका र च्यांग्राको बिक्री वितरण गरिनेछ ।
त्यस्तै, राष्ट्रियस्तरका कलाकारद्वारा दोहोरी गीत, गृहिणी एकल नृत्य, रत्यौली गीत, ढिडो खाने र भाले छोप्ने प्रतियोगिता पनि गरिने संस्थाका महासचिव जीवन दाहालले बताए ।
महोत्सवमा १२५ वटा स्टल राखिनेछन् । महोत्सवमा रु आठ करोडदेखि १० करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवबाट रु ४८ लाख ४० हजार आम्दानी र ४१ लाख ९५ खर्च भई बाँकी रहेको नाफाबाट पर्यटन प्रवद्र्धन, दैविप्रकोप र असहाय बालबालिकाका लागि पाँच–पाँच प्रतिशत खर्च गरिने वरिष्ठ उपाध्यक्ष दीपक तिमिल्सिनाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसैबीच, सिटी रेवानले कास्कीको माछापुच्छे« गाउँपालिका–५ रिभान हुम्दी गाउँका बाढीपीडितलाई रु ५१ हजार १११ राहतसमेत वितरण गरेको छ । रासस