- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुँदैछ ।
बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए ।
क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताए ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा छन् ।
तेत्तीस पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति निर्वाचनले चयन गर्नेछ ।
निर्वाचनमा दुई हजार १५ मतदाता सहभागी हुनेछन् । यही भदौ ७ गतेदेखि भएको २१औँ सम्मेलनअन्तर्गत निर्वाचन कीर्तिपुरस्थित त्रिवि सभाहलमा हुनेछ । रासस