arrow

बाहुबली भारतीय सांसद पप्पु यादवसंग राजेन्द्र महतो

गृहमन्त्री देखि बिहारका सांसदको दैलोसम्म

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
Rajendra-mahato-Fnl-.jpg.jpeg
काठमाडौं । उपचारका लागि दिल्ली पुगेका सद्भावना अध्यक्ष राजेन्द्र महतोले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । पछिल्लो समय मधेस आन्दोलन सेलाएको चर्चा भइसकेको छ । तर, महतोको राजनीतिक भेटघाटको गति कम भएको छैन । महतोलाई चिकित्सकले धेरै गतिविधि नगर्न भनेको भएपनि उनी दौडधुप रोक्ने पक्षमा छैनन् ।  
 
महतोका भतिजा उपेन्द्र महतोले हाम्रा कुरासंग भने,‘चिकित्सकले धेरै दौडधुप नगर्नु भनेका थिए, उहाँले भेटघाट गरिरहनु भएको छ ।’ स्वास्थ्यमा असर गरे नगरेको पर्सि विहिबार चेकअपका क्रममा थाह हुन्छ । महतोलाई चिकित्सकले १ हप्ता आराम गरेपछि पुनः परिक्षणका लागि विहिबार डाकेको छ । आन्दोलनका क्रममा भएको झडपमा घाइते भएका महतो धरानमा उपचार हुन नसकेपछि दिल्ली स्थित मेदान्त अस्पतालमा उपचार गराउन पुगेका थिए । 
 
 
नरेन्द्र मोदीलाई पहिलो पत्र लेख्ने सांसदसंग भेट 
महतोले भेटघाटलाई निरन्तरता दिने क्रममा मंगलबार विहारको जनअधिकार पार्टीका सांसद राजेश रंजन उर्फ पप्पु यादवसंग भेट गरेका छन् । भेटका क्रममा मधेस आन्दोलनबारे छलफल भएको बताइएको छ । पप्पुले मधेस आन्दोलन सुरु हुनु अघिनै नेपालको जारी संविधानमा मधेसलाई उपेक्षा गरिएकोबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पहिलो पत्र लेखेका थिए । मधेस समस्याबारे प्रधानमन्त्रीलाई ब्रिफ गर्ने पहिलो भारतीय नेता भएकाले अध्यक्ष महतोले भेट गरेको सद्भावना नेता देवेन्द्र यादवले बताए । 
 
यादवले भने,‘मधेस आन्दोलनबारे धेरै सरोकार राख्ने नेता हो उहाँ ।’ मधेस समस्याबारे भारतीय लोकसभामा मुद्दा उठाउने पहिलो नेता पनि पप्पुनै हुन् । मधेस र विहारसंगको सामाजिक र व्यवहारिक सम्बन्धबारे चिन्ता गर्दै लोक सभामा बहस गरेका पप्पुले नेपालको मधेसमा समस्या हुँदा त्यसको असर विहारमा पनि पर्नेमा जोड दिँदै आएका उनले बताए । सद्भावना नेता यादवका अनुसार एक ठाउँमा हुने अपराधको असर दुबैतिर पर्ने गरेको छ ।
 
पप्पुको राजनीति
विभिन्न समयमा पार्टी परिवर्तन गरेर सांसद बनेका पप्पु मुलायम सिंह अध्यक्ष रहेको समाजवादी पार्टी र लोक जनशक्ति पार्टीसंग जोडिए । पछि लालुप्रसाद यादवको राष्ट्रिय जनता दलबाट निस्कासित भएपछि उनले आफ्नै पार्टी दर्ता गरे । पप्पु अहिले आफ्नै जनअधिकार पार्टीबाट भारतीय लोकसभामा सांसद छन् । उनी १९९१, ९६, ९९, २००४ र २०१४ गरी पाँच पटक सांसद भएका छन्  ।  
 
पप्पुको अपराधिक पृष्ठभूमी 
सन् १९९९मा कम्युनिष्ट पार्टीका सांसद अजित सरकारको हत्याको अभियोगमा पक्राउ परे । उनीविरुद्धको हत्या अभियोग बिहार प्रहरीबाट भारतको केन्द्रिय अनुसन्धान ब्युरो (सीबीआई) सम्म पुग्यो । सो हत्या काण्डको भारतमा ठुलो चर्चा भएको थियो । सिक्किममा जेलमा रहेका यादवले जेलबाटै आफ्नो राजनीति र गुण्डागर्दी जारी राखेको प्रमाणका आधारमा उनलाई तिहाड जेलमा सारियो ।
 
तिहाड जेल भारतको सबै भन्दा ठुलो र सुरक्षित जेल मानिन्छ । उनले तिहाडबाट पनि फोनमा आफ्नो धन्दा चलाइरहेको भेटिएपछि भारतीय सर्वोच्च अदालतको आदेशमा प्रशासनले जेलमा मोबाईल जामर लगाएको थियो । सन् २००८मा सीबीआई बिशेष अदालतले उनलाई आजीवन कारावासको निर्णय सुनाएको थियो ।  सन् २०१३ मा पटना सर्वोच्च अदालतले प्रमाणको कमीका कारण रिहा गरेको थियो ।
 
गृहमन्त्रीको दैलोमा 
पप्पु यादवलाई भेट्नु अघि महतोले सोमबार भारतीय जनता पार्टी अध्यक्ष एवं गृहमन्त्री राजनाथ सिंहसंग भेट गरे । सिंहसंगको भेटमा समेत महतोले मधेस मुद्दा स्थापित गर्नेबारे सहयोग गर्न अपिल गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ