- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । क्यारेवियन क्षेत्रमा आएको समुद्री ‘इर्मा आँधी’ ले जनजीवन ध्वस्त पारेको छ । फ्रान्सको भुमिमा आँधीले बढी क्षति गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन् ।
सेन्ट मार्टिन र सेन्ट बार्टस टापुमा ठुलो क्षति भएको छ । अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् ।
हजारौं सवारी साधन डुबेका छन् । प्रभावित क्षेत्रमा ९० प्रतिशत भौतिक संरचना ध्वस्त भएको छ ।
आँधीको प्रभाव बर्बुडा र एन्टिगुवामा समेत परेको छ । आँधी नर्दन भर्जिन आइल्यान्डतर्फ गएको छ ।