arrow

भारतको निगरानीमा राजेन्द्र महतो, सहमति भाँड्ने ठूलो डर !

नेपाल फिर्ति अन्योलमा

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
rajendra-mahto-FNL.jpg.jpeg
काठमाडौं । जारी मधेस आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि दिल्ली पुगेका सद्भावना अध्यक्ष राजेन्द्र महतोको दिल्ली भेटघाटले नयाँ रुप लिएको छ । महतोले भारतीय प्रधानमन्त्री बाहेक सबै तह तप्काका व्यक्तिसंग भेट गर्ने अभियानलाई तीब्रता दिएका छन् । स्वास्थ्यको प्रवाह नगरी भेटलाई महत्व दिएका महतो निष्फिक्रि दिल्ली बसाईमा छन् । महतोले विभिन्न दलका नेताहरुसहित गृहमन्त्रीसम्मलाई भेटिसकेका छन् । जसले महतो दिल्ली वातावरणमा बढी घुलमिल भएका छन् । त्यति मात्रै होइन महतो भारत सरकारका पाहुना हुन् । सरकारी सेकुरिटीबीच उनको भेटयात्रा चलिरहेको छ । महतोलाई भारत सरकारले सुरक्षा प्रबन्ध समेत गरिदिएको छ ।
 
चिकित्सकले एक हप्ता गतिविधि नगरी आराम गर्न भनेकामा महतो निष्फिक्रि सार्वजनिक कार्यक्रम र भेट यात्रामा दौडीरहेका छन् । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले महतोको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गरेको टेलिफोन वार्तामा काठमाडौं फर्किन भनेका थिए । यता, कार्यदलको बैठक गभ्मीरतातिर प्रवेश गरिरँदा महतोको दिल्ली बसाई र नेपाल फिर्तिको टुंगो लागेको छैन । महतो तत्काल नेपाल फर्किने कँही कतैबाट जानकारी आएको छैन । फर्किउन् पो कसरी ? महतो कार्यदलले ठोस निर्णय नगरे सम्म नेपाल फर्किन नपाउने भएका छन् । विभिन्न नेताहरुलाई आन्दोलनमा सहयोग गर्न र नाका बन्द गर्न आग्रह गर्दै हिंडेका महतोलाई भारत सरकारले निग्रानीमा राखेको छ । महतो तत्काल नेपाल फर्किए कार्यदलमा हुन लागेको प्रगति ध्वस्त हुने भारत सरकारको ठहर छ । ससम्मान महतोलाई दिल्ली बस्ने वातावरण सरकारले जुटाई दिएको छ । महतो तत्काल नफर्किने विषय गृहमन्त्री राजनाथ सिंहसंगको भेटले समेत पुष्टी गरिसकेको छ । गृहमन्त्री राजनाथ सिंहसंगको भेटमा महतोले नाका बन्द गर्न आग्रह गरेका थिए । जवाफमा गृहमन्त्रीले तपाईहरु सीमा अवरोध छाडेर लचिलो भइदिनुस् भन्ने प्रतिक्रिया दिए । 
 
महतोसंगको भेटपछि गृहमन्त्री सिंहले विदेशमन्त्री सुष्मा स्वराजसंग भेटको छलफलबारे कुरा गर्दा राजेन्द्र महतोको अनुहार हेरेर आफुले नाका बन्द गर्न नसक्ने प्रतिक्रिया दिइन् । विदेशमन्त्री स्वराजले कोही एक व्यक्तिलाई बोक्दा आफुहरुको अनुहार के हुने भन्नेतर्फ गृहमन्त्रीलाई सचेत गराएको सम्म खुलिसकेको छ । बलियो पक्षलाई हातमा लिने र कमजोर पक्षलाई ससम्मान वेवास्ता गर्ने भारतीय रणनीति अहिले मात्र नभई वीपीकोइरालाको जनसरकार अघि देखिकै अस्त्र हो । यद्यपि, भारत सरकारले नेपालको वर्तमान गतिरोध अन्त्यतर्फ चाँसो दिएको छ । 
यसअघि परराष्ट्रमन्त्री कमल थापाले दिल्लीमा बुझाएको चारबुँदे रोडम्याप पछि दिल्ली भ्रमणमा गएका मोर्चा नेतासंगको जनमातमा असहज अनुभव गरेका सद्भावना अध्यक्ष महतोले छुट्टै आन्दोलनको घोषणा गरे । मोर्चामा आवद्ध केही मधेस केन्द्रीत दलले राजेन्द्र महतोको अतिवादले मधेसको हित नहुँने बताएपछि उनले आफ्नो ताकत देखाउन खोजिरहेकै थिए । रक्सौल ठप्प पारेर होस् या अहिलेको एक्लो दिल्ली भ्रमण । महतोले आफ्नो लोकप्रियता अन्यको दाँजोमा बढाउन चाहेकै छन् । उनी एक्लै भएपनि आन्दोलन गर्ने र काठमाडौंको दानापानी बन्द गर्ने अभिव्यक्तिलाई चरितार्थ गर्न समेत दिल्लीलाई प्रयोग गरिरहेका छन् । आन्दोलन निष्प्रभावि बन्न थालेको जनाउ पाउनासाथ उनले सुरक्षित बाटो खोज्दै दिल्ली फोर्स गुहारेका हुन् । 
 
कहिले फर्किन्छन् महतो ? :  कर्ण 
सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले महतो कहिले फर्किने भन्नेबारे आफुलाई जानकारी नभएको बताए । उनले भने,‘कुरै भा छैन, आउनु होला ।’ कार्यदलले महत्वपूर्ण निर्णय गर्ने समयमा महतोको उपस्थिति आवश्यक छैन ? भन्ने सवालमा कर्णले प्रतिप्रश्न गर्दै भने,‘निर्णय गर्ने टुंगो लागेको छैन, तत्काल निर्णय हुन्छ भन्ने के आधार छ ? ।’ आन्दोलन जारी रहेको बताउँदै कर्णले महतोले एक्लै आन्दोलन गर्नु हुन्छ की, के गर्नु हुन्छ, मलाई के थाह–भने ।
 
डाक्टरले जहिले जा भन्छ, उहीले आउनु हुन्छ : सुमन
सद्भावना महामन्त्री मनीष सुमनले उपचार गर्न गएकाले महतो चिकित्सकले जहिले जा भन्छ उहीले आउने जवाफ दिए । बुधबार फलोअफ चेक छ । चिकित्सकले के भन्छ, त्यसपछि थाह हुन्छ । सुमनले हाम्राकुरासंग भने,‘अवस्था सामान्य छ , ठिक भई सक्नु भो ।’ चिकित्सकको सल्लाह त मान्नै पर्ने हुन्छ, भागेर आउने कुरा भएन । कार्यदलले निर्णय गर्नेबारे टेलिफोन भइरहेको सुमनले बताए । निर्णय गर्दा पक्कै पनि उहाँलाई सोधिन्छ होला–सुमनले भने । ‘आउने नआउने बारे हामीलाई केही भन्नु भा छैन ।’ मोर्चाको आन्दोलन जारी छ । 
 
केही दिन देखि टेलिफोन भा छैन : त्रिपाठी 
मधेस समस्या समाधान गर्न गठित कार्यदल सदस्य तथा तराई मधेस लोकतान्त्रिक पार्टी उपाध्यक्ष हृदयेश त्रिपाठीले सद्भावना अध्यक्षसंग टेलिफोन भइरहेको बताए । यद्यपि, दुई तीन दिन देखि आफ्नो सम्पर्क नभएको त्रिपाठीले जानकारी दिए । कार्यदल बैठकबारे परामर्श हुन्छ । त्रिपाठीले भने,‘उहाँको पार्टीको सहअध्यक्ष र महामन्त्री सधै भेटिनु हुन्छ ।’ टेलिफोन हुँदा आउने नआउने बारे भने मसंग केही कुरा भएको छैन ।  
      
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ