arrow

राजस्व संकलन २२ प्रतिशतले वृद्धि, सबैभन्दा बढी शिक्षा सेवा शुल्क

logo
प्रकाशित २०७४ असोज १० मंगलबार
tax.gif

काठमाडौँ । आव २०७४–०७५ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य रु ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा रु ३५ अर्व २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ । 

गत वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ । शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ करिब रु १४ अर्व २३ करोड , मूल्य अभिवृद्धि कर रु १२ अर्ब ९० करोड र अन्तःशुल्कतर्फ रु सात अर्ब ७३ करोड संकलन भएको छ । 

सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ९२ प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ ९७ प्रतिशत र अन्तशुल्कतर्फ १०५ प्रतिशत हो । 

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः करिब रु १५ करोड ६६ लाख र रु २५ करोड ४ लाख संकलन भएको छ । 

शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ । 

गत वर्षको तुलनामा आयकर वृद्धिदर १७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तःशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २२ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३ प्रतिशत छ । 

आन्तरिक राजस्व विभागलाई आव २०७४–÷७५ का लागि करिब तीन खर्ब राजश्व संकलन लक्ष्य तोकिएको छ । 

समीक्षा कार्यक्रममा विभागका महानिर्देशक किशोरजंग कार्कीले महालेखा परीक्षकको टोलीसँग डोरमै बेरुजु सम्परीक्षण गराउन, बेरुजु नउठ्ने गरी कार्य गर्न, अन्तिम तहसम्मको कानुनी कारवाही गरी बक्यौता असुली गर्न र कर परीक्षणमा गुणस्तरीयता कायम गर्न प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतलाई निर्देशन दिए । 

विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले गत आवमा कर बुझाएका करदाताले यस आवमा कर नबुझाएको देखिएकाले यसको कारण पहिचान गर्न निर्देशन दिए । 

उपमहानिर्देशक शंकरप्रसाद खरेलले २१ बुँदे घोषणापत्रको कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिए । 

कार्यक्रममा अनुगमन शाखाका शाखा अधिकृत कमल लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए । 

त्यस्तै काठमाडौंस्थित आन्तरिक राजस्व विभागअन्तर्गतका सबै कार्यालय प्रमुखले आआफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गरेको विभागले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ