सपथ ग्रहण लगतै नवनिर्वाचित वडा अध्यक्षले गरे बिकासका सुरुवात
श्रीकान्त झा,
प्रकाशित २०७४ असोज १२ बिहिबार
942
Shares
सिरहा। सिरहा नगरपालिका बडा नं. १२ का नवनिर्वाचित वडा अध्यक्ष शत्रुधन साहले सपथग्रहण गरे लगतै आफ्नो वडामा विकास निर्माणका कामहरु सुरुवात गरेका छन्। संघिय समाजवादी फोरम नेपालवाट सिरहा नगरपालिका वडा नं. १२ वाट अध्यक्षमा कडा प्रतिस्पर्धाकाविच विजयी भएका वडा अध्यक्ष साहले जनतासँग गरेका वाचा अनुरुप आफ्नो लगानी मै वडा भित्र रहेका सडकहरुमा विकासको सुरुवात स्वरुप सडक मर्मत गर्ने काम तिव्र गतिमा अगाडी बढाएका छन्।
स्थानिय जनताले अमूल्य मत दिएर विजय वनाएकोले सम्पुर्ण मतदाताहरुमा धन्यवाद दिदै साहले जनता माफ आउने हरेक समस्याको समाधान गर्न विशेष पहल गर्ने वाचा गरका छन्। उनले भने “बोल्नु भन्दा काम गरेर देखाउनु उचित हुन्छ, त्यसैले म काम गरेर देखाउछु”।