- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि शिर्ष दलहरु धमाधम उम्मेदवार छान्नमा व्यस्त छन् ।
चाडबाडसमेत नभनी नेताहरु उम्मेदवार छानिरहेका छन् । उनीहरु भइरहेका चाडलाई नै चुनावी चाड मनाइरहेका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले उम्मेदवारहरु धमाधम छानिरहेका छन् । साना दलहरु पनि उम्मेदवार छान्न व्यस्त छन् ।
तर नेपाल मजदूर किसान पार्टी नेमकिपा भने सुस्ताएको छ । नेमकिपाले उम्मेदवार छान्ने सुरसारसमेत गरेको छैन ।
नेमकिपाका अध्यक्ष नारायणमा विजुक्छेले हाम्राकुरासंग भने, ‘पार्टीको बैठक नै बसेको छैन, उम्मेदवार चयन गरिएको छैन ।’
अध्यक्ष विजुक्छेले दशैं सकिएपछि पार्टीको बैठक बसेर उम्मेदवार चयन गर्ने जनाए ।
आखिर किन अहिलेसम्म बैठक बसेन त ? यसको जवाफ भने विजुक्छेले दिएनन् ।
उनले केही दिनपछि फेरि कुरा गर्ने भन्दै कुराकानी छोट्याउन खोजे ।
किन सुस्तायो नेमकिपा ? हुनत नेमकिपा थ्रेसहोल्डप्रति आपत्ति जनाउँदै आएको छ ।
न्युनतम सिट नल्याउने दलले राष्ट्रिय दलको मान्यता नपाउने भएपछि नेमकिपालाई छटपटी छुटेको छ ।
नेमकिपाले संसदबाटै शिर्ष दलहरुले लगाएको थ्रेसहोल्डको विरोध गरिरहेको छ । तर उसलाई साथदिने अरु ठूला दल नभएपछि एजेन्डा तुहिंदै आएको छ ।