अर्थराज्यमन्त्री राणाको वचन –कान्तिलोकपथ सरकारको उच्च प्राथमिकतामा
प्रकाशित २०७४ असोज २६ बिहिबार
311
Shares
ललितपुर । अर्थराज्यमन्त्री उदय शम्शेर राणाले कान्तिलोक पथ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।
ललितपुरमा आयोजित एक कार्यक्रममा उनले राजधानीलार्इ तरार्इसंग जोड्ने सबैभन्दा छोटो दूरीको कान्तिलोकपथ आयोजना निर्माणलार्इ बजेट अभाव हुन नदिने बताए।
ललितपुर क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका राणाले कान्तिलोकपथ निर्माणपछि ललितपुरका पहाडी भेगका कृषकहरुलार्इ गाउँघरमा उत्पादित तरकारी तथा फलफूल सहज रूपमा काठमाडौं पुर्याउन सहज हुने बिश्वास व्यक्त गरे।
उनले निर्माणको ६० वर्ष पुगिरहँदा अब भने कान्तिलोकपथले काँचुली फेर्ने दाबी गरे।
कान्तिलोकपथ पूर्ण सञ्चालनमा आएपछि तीन घण्टामा हेटौंडाबाट ललितपुरको सातदोबाटो पुग्न सकिने अपेक्षा गरिएको छ।
हेटौंडादेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर रहेको छ।