- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चाौतारा । लाक्ष्मीपूजामा बालेको मैनबत्तीबाट फैलिएको आगोले सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका ७ सानुसिरुवारीको मगुवामा एक घर ध्वस्त भएको छ ।
पसल रहेको घरमा हिजो बेलुका दीपाबली गरी अर्को घरमा खाना खान गएको समयमा पसलमा रहेका लत्ता कपडा, सामान तथा नगद दुई लाख ५० हजारसहित करिब ६ लाख बराबरको सामान जलेर नस्ट भएको पीडित संगम थापामगरले बताए ।
भूकम्पपछि दुई लाख ऋण गरेर बनाएको टहरासहित सम्पूर्ण सामान ध्वस्त हुनुका साथै ग्यास सिलिण्डरसमेत विष्फोट भएको थियो ।