- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। माओवादी शसस्त्र विद्रोहको बेला साम्राज्यवादी भन्दै अमेरिकाको बारेमा आम जनतालाई पढाउँदै आएको माओवादीको अमेरिका मोह एक पछि अर्को गर्दै पर्दाफास हुँदै गएको छ।
अमेरिकाका संस्थामाथि आक्रमण, अमेरिकी दुतावासमा कार्यरत सुरक्षागार्ड माथि गोली प्रहार, अमेरिकी सहयोगमा सञ्चालित संस्थालाई निसाना बनाउने हर्कत गर्ने माओवादी अहिले भने लुकिछिपी अमेरिकाप्रति आफ्नो मोह देखाउन थालेको छ। अमेरिका मोह संसारभर छ। नेपालका माओवादी यसबाट अछुतो रहने अवस्था थिएन। आम जनतालाई भ्रममा राख्न सकेपनि माओवादीले आफ्नै छोराछोरीलाई भने यो भ्रममा राख्न सकेनन्।
दुनियाँलाई भ्रममा राखेका माओवादीलाई आफ्नै छोराछोरीले भने भ्रम छोडाउन वाध्य बनाए। जनताका छोराछोरीलाई घुँडा टेकाएपनि आफ्ना छोरीछोरीसँग घुँडा टेकेका माओवादी त्यहि कुरालाई खुलेर सार्वजनिक गर्न भने सक्दैनन।
माओवादीका एक नेता देवेन्द्र पौडेलले आफ्नी छोरीलाई अमेरिका पठाउन विदा गरेको समाचार सार्वजनिक हुन नपाउँदै अर्का माओवादी नेता शक्ति बस्नेतले पनि आफ्नी छोरीलाई अमेरिका नै पठाएको तथ्य पनि खुलेको छ।
पूर्व गृहमन्त्री तथा माओवादी अध्यक्षका खास नजिकका सहयोगी रहेका बस्नेत जाजरकोटबाट प्रतिनिधिसभामा प्रत्यासी हुँदै छन्।
आफ्नी छोरीलाई उच्च अध्यनका लागि अमेरिका पुर्याइसकेका बस्नेतले छोरी सगुनको अमेरिका बसाइको सबै बन्दोवस्ती मिलाउनका लागि श्रीमती सत्या पहाडीलाई दुई महिना अघी अमेरिका पठाएका थिए। पहाडी न्यूयोर्कमा २ महिना बसेर छोरीको बन्दोबस्ती मिलाएर फर्किएकी थिइन।
यद्पी बस्नेतले आफ्नी छोरीको अमेरिका बसाइलाई गुपचुप नै राख्दै आएका थिए। देवेन्द्र पौडेलको छोरी अमेरिका गएको विषय सार्वजनिक भए लगत्तै बस्नेतको छोरीको विषय पनि बाहिर आउँदा एकातिर माओवादीको अमेरिका मोह भने अर्कातिर उनीहरुको दोहोरो मापदण्ड पनि उदाङगो भएको छ।