- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुम्बई । इंगल्याण्ड र स्पेन भारतमा भइरहेको विश्वकप यु–१७ फुटबलको उपाधिका लागि भिड्ने भएका छन् ।
सेमिफाइनलमा इंगल्याण्डले ब्राजिललाई ३–१ ले हरायो ।
ब्राजिलका वेस्लेले १ गोल फर्काए । तर इंगल्याण्डका रायन ब्रिउस्टरले ह्याट्रिक गरे । लिभरपुलका रायनले आफूलाई सिनियर टिमका लागि समेत दाबेदारी प्रस्तुत गरेका छन् ।
उपाधिका लागि इंगल्याण्डको भिडन्त स्पेनसंग हुनेछ । स्पेनले सेमिफाइनलमा मालीलाई हरायो ।
स्पेन ३–१ ले नै विजयी भएको हो । स्पेनलाई फाइनलमा पुर्याउन अबेल रुइजले २ तथा पेरान टोरेसले १ गोल गरे ।