- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ । मध्याह्न सवा १२ बजेतिर बाजागाजा सहित पुगेका काँग्रेस नेता तथा कार्यकर्ताहरुले जिल्ला निर्वाचन ककार्यालयमा उम्मेदवारी दिएका हुन् ।जिल्लाका मुख्य निर्वाचन अघिकारी डा. रमेश प्रसाद रिजालले नेपाली काँग्रेस भन्दा अगाडि ३ जनाको उम्मेदवारी दर्ता भईसकेको पुष्टि गरे ।
उनका अनुसार काँग्रेस सभापति एवं प्रधानमन्त्रीकाृ वारेसनामा बोकेर काँग्रेस नेता तथा कार्यकर्ताहरु मनोनयनका लागि कार्यालयमा आएका छन् भने प्रदेश सभा सदस्यको भने उम्मेदवार आफैं उपस्थित भएर उम्मेदवारी दिएका छन् ।
विहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ताको क्रममा पहिलो स्वतन्त्र उम्मेदवार कर्ण सिंह रावल, दोस्रोमा राष्ट्रिय जनमोर्चा, तेस्रोमा राष्ट्रिय यथार्थवादी पार्टी र चौथोमा उम्मेदवारी दिने पार्टी नेपाली काँग्र्रेस बनेको निर्वाचन कार्यालयले जनाएको छ ।