- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
टेक्सस । अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार हुँदा ठूलो संख्यामा हताहती भएको छ । टेक्ससको एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।
अन्धाधुन्ध गोलीको आक्रमणमा परी कम्तिमा दुई दर्जन घाइते भएका छन् । मृत्यु हुनेमा चर्चका पादरीकी १४ वर्षे छोरीसमेत परेकी छिन् ।
विल्सन काउन्टीस्थित चर्चमा प्रार्थनाका लागि भेला भएकालाई लक्षित गर्दै बन्दुकधारीले गोली चलाएको थियो ।
टेक्ससका गभर्नर ग्रेग एबोटले टेक्ससको इतिहासमै यो सबैभन्दा ठूलो र दुःखद गोलीकाण्ड भएको बताएका छन् ।
बन्दुकधारीलाई प्रहरीले जवाफी कार्वाहीमा मारेको छ । अन्धाधुन्ध आक्रमणपछि गाडी चढेर भाग्दै गर्दा प्रहरीले गोली हानेको थियो ।
अमेरिकामा पछिल्लो समय अन्तर्राष्ट्रिय आपराधिक संगठन आइएसको बिगबिगी बढेको छ । सो घटना पनि आइएसले नै गराएको हुन सक्ने बताइएको छ ।
गत हप्ता न्यूयोर्कमा आइएससंग आवद्ध एक आतंककारीले ट्रकले किचेर ८ जनाको ज्यान लिएको थियो ।