- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्टाडियो सान्टियागो । स्पेनिस फुटबल लिग ला लिगामा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड बिस्तारै फर्ममा आउँदै छ ।
रियालले आइतबार राति लास पल्मासलाई ३–० ले हराउँदै तेस्रो स्थानमा मात्र उक्लेन शिर्ष स्थानको बार्सिलोनासंग अंक दुरी पनि कम गरेको छ ।
रियाललाई घरेलु मैदानमा जिताउन कासेमिरो, इस्को र मार्को असेन्सियोले १–१ गोल गरे ।
पछिल्लो समय रियाल सुध्रिए पनि मुख्य खेलाडी क्रिष्टियानो रोनाल्डोको खेल भने खस्केको छ ।
उनी आजकल लयमा देखिन्नन् । हुनत प्रहार गरेको बल पोलमा ठोक्किएर फर्कियो ।
रोनाल्डोको लयलाई लिएर रियाल प्रशिक्षक जिनेदिन जिदानसमेत चिन्तामा परेका छन् ।
११ चरणको समाप्तिपछि बार्सिलोना ३१ अंकबाट शिर्ष स्थानमा छ ।
२७ अंकबाट भ्यालेन्सिया दोस्रो स्थानमा छ । २३ अंकबाट रियाल मड्रिड तेस्रोमा उक्लिएको छ ।
एथलेटिको मड्रिड २३ अंकबाटै चौथो स्थानमा झरेको छ ।