arrow

आफूप्रति न्याय माग्दै वरिष्ठ नेता देउवा

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
Sher.jpg.jpeg
लुम्बिनी (रुपन्देही)। नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूले पार्टीमा कुनै अन्याय नगरेको उल्लेख गर्दै एकपटक आफूलाई न्याय दिलाउन आग्रह गरेका छन् । काँग्रेस रुपन्देहीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता देउवाले १३औँ महाधिवेशनपछि पार्टीमा गुटउपगुट नरहने दाबीसमेत गरे । 
 
काँग्रेसलाई एकताबद्ध बनाउन आफूले निरन्तर दुःख गरिरहेको बताउँदै अबको पार्टी सभापतिमा विजयी बनाउन देउवाले कार्यकतामाझ आग्रह गरे । महाधिवेशनलाई लक्षित गर्दै देश दौडाहमा रहेका वरिष्ठ नेता देउवासँग आएका  आधा दर्जन बढी केन्द्रीय सदस्यले आशन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताएमा थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ