जुम्ला । गज्र्याङ्कोट गाविस वडा नं ९ का ५० वर्षीय शङ्कर देवकोटाको हिउँमा कठ्याङ्ग्रिएर मृत्यु भएको छ । देवकोटा बुधबार दिउँसो समान लिन सदरमुकाम खलङ्गा आएका थिए । बेलुका घर फर्केका उनी एक्कासी बिहान सो गाविसको दानसाँघु बिगारे भन्ने ठाउँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहान ९ बजेतिर स्थानीयले जानकारी दिएपश्चात प्रहरी मृतक देवकोटाको शव भएको ठाउँ पुगेको थियो । प्रहरीले स्थलगत मुचुल्का गरी शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुयाएको छ । मृतकका आफन्त नआएका कारण शव परीक्षण हुन सकेको छैन ।