रुपन्देही ।केपी ओली सरकारको कामका विषयलाइ लिएर सर्वत्र आलोचना भैरहेका बेला नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले समेत ओली सरकारको आयू धेरै नरहेको बताएका हुन् । उनले ओली नेतृत्वको सरकार पूरै असफल भएको भन्दै ओलीलाई अबको ४० दिनपछि नयाँ सरकार गठन हुने दाबी समेत गरे ।
नेपाल प्रेस यूनियन रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले ओली सरकार केही काम नै नगरी असफल भएको जिकिर गरे । ‘ओलीको सरकार चलाउने तरिका नै ठिक भएन,’ उनले भने, ‘सरकारलाई सुध्रिनका लागि ४० दिनको मौका छ,’ थापाले कांग्र्रेस महाधिवेशनको संकेत गर्दै भने, ‘कांग्रेसको तेह्रौ महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ ।
उनले ओली सरकारलाई फरक फरक रंगको जर्सी लगाएर एउटै समूहमा चौरमा उत्रिएको फुटबल क्लवको संज्ञा दिए । त्यहाँ फुटवलको कुनै नियम लागु नभएको भन्दै ओली सरकारले आत्मघाती गोल गरेको आरोप लगाए ।