आर्थिक समृद्धिका लागि कांग्रेसको जित आवश्यक : आरजु
प्रकाशित २०७४ मंसिर २ शनिबार
197
Shares
धनगढी(कैलाली)। नेपाली कांग्रेस नेतृ तथा कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार आरजु राणा देउवाले राष्ट्रलाई समृद्धितर्फ डोर्याउन आसन्न निर्वाचनमा कांग्रेसले जित्नै पर्ने दावी गरेकि छन् । ‘नेपाली कांग्रेसले मात्रै देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छ’ शनिबार नेपाल शिक्षक संघ धनगढीले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा नेतृ देउवाले भनिन् ‘प्रतिनिधि सभामा मैले नजिते पनि केही फरक पर्दैन, तर कांग्रेसले हार्नु हुदैन ।’
उनले सामाजिक विकासको लागि महत्वपूर्ण पक्ष मानिएको शिक्षा क्षेत्रको सुधारलाई आफूले उच्च प्राथमिकतामा राखेको बताइन् । ‘अझै पनि आम सर्वसाधारणको शिक्षामा पहुच छैन, शिक्षकहरूले उचित सेवा सुविधा पाउन सकेका छैनन्, सरकारी विद्यालयमा समस्या छन्’ उनले ‘शिक्षा क्षेत्रको सुधारका लागि विशेष योजना नभएकाले समस्या यथावत रहेको’ बताइन् ।
उनले अहिलेको निर्वाचन लोकतान्त्रिक र अधिनायकवादबीचको चयनको रुपमा आएकोले ‘कस्तो विचार, सिद्धान्त भएका व्यक्तिलाई विजयी गराउने ? सोच्ने समय आएको छ भनिन् ।