- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोना र इंगलिस क्लव चेल्सी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् ।
बुधबार राती भएको खेलमा बार्सिलोनाले इटालियन क्लव युभेन्टससँग गोलरहित बराबरी खेल्यो । मेस्सीलाई बेन्चमा राखेपछि त्यसको सजाय बार्सिलोनाले भोगेको हो ।
मेस्सी ५६ मिनेटपछिमात्र मैदानमा छिरेका थिए ।
यो बराबरीपछि बार्सिलोनाले ५ खेलबाट ११ अंक बटुल्दै नकआउट चरणमा गयो ।
युभेन्टस अझै निश्चित गर्न सकेको छैन । ८ अंक जोडेको युभेन्टस र स्पोर्टिङबीच १ अंकको अन्तर छ । स्पोर्टिङले ओलम्पियाकोसलाई ३–१ ले हराएको छ ।
अजरबैजानको एफके काराबागलाई ४–० ले पराजित गर्दै चेल्सी पनि समुह सी बाट नक आउट चरणमा पुगेको छ ।
चेल्सीलाई जिताउन विलियनले २ तथा एडिन हाजार्ड र सेस्क फाब्रिगासले १–१ गोल थपे । अर्को खेलमा स्पेनिस क्लव एथ्लेटिको मड्रिडले ईटालियन क्लव एएस रोमालाई २–० ले हरायो ।
चेल्सीले जित्दा म्यानचेस्टर युनाइटेडले भने स्विस क्लव बाजलसँग १–० ले पराजित भएको छ । यो हारले भने म्यान्चेस्टरको अर्को चरणमा प्रवेशको लागि अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ । यो समुहको खेलमा सीएसकेए मस्कोले बेनेफिकालाई २–० ले हरायो ।
यता फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन पिएसजीको कमाल कायमै छ । ब्राजिलियन स्टार नेइमारले २ गोल गरेपछि पिएसजीले सेल्टिकलाई ७–१ को फराकिलो अन्तरले हरायो ।
त्यस्तै जर्मन क्लव बायर्न म्युनिखले बेल्जियमको एन्डरलेच्टलाई २–१ ले हरायो । पिएसजी र बायर्न नकआउटमा पुगिसकेका छन् ।