- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । धेरैलाई चासोको विषय बनेको धनुषाको क्षेत्र नं ३ मा राजपाका राजेन्द्र महतो विजयी भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका विमलेन्द्र निधिलाई भारी मतले पछि पार्दै महतोले चुनाव जितेका हुन्।
शनिबार मध्यरातमा सम्पन्न भएको निर्वाचन मतपरिणाममा राजेन्द्र महतो ३० हजार ७ सय ४२ मत सहित निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी काँग्रेसका निधिले २७ हजार ८ सय २८ मत ल्याएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका रामसिंह यादवको १६ सय ६१ मत आएको छ ।