- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रामेछाप । एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि रामेछापमा भएको निर्वाचनमा तीनवटै सिटमा वामगठबन्धनका उम्मेद्वारहरु विजयी भएका छन् । प्रतिनिधिसभामा वामगठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिब्यूरो सदस्य एवं विना विभागिय राज्य मन्त्री श्यामकुमार श्रेष्ठ विजयी भएका छन् भने प्रदेशसभा ‘क’ मा नेकपा एमालेका शान्तिप्रसाद पौडेल र प्रदेशसभा ‘ख’मा एमालेकै कैलाशप्रसाद ढुङ्गेल विजयी भएका हुन् ।
प्रतिनिधिसभा सदस्य तर्फ श्याकुमार श्रेष्ठले प्रतिस्पर्धी पूर्णबहादुर तामाङलाई ६ हजार ३ सय ४६ मतले पछि पार्दै ४२ हजार १ सय ७७ मत प्राप्त गरि विजयी भएका थिए भने उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका पूर्णबहादुर तामाङले ३५ हजार ७ सय ७१ मत पाएका छन् ।
प्रदेशसभामा प्रदेश ‘क’ मा एमालेका जिल्ला अध्यक्ष समेत रहेका शान्तिप्रसाद पौडेल २२ हजार ३ सय ६९ मत ल्याएर विजयी भएका छन् भने उनको निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार रत्नबहादुर कार्कीले १६ हजार १ सय ५८ मत पाएका छन् । पौडेलले कार्कीलाई ६ हजार २ सय ११ मतको अन्तरले पराजित गरेका छन् ।
त्यसैगरी प्रदेशसभा ‘ख’ एमालेका कैलाशप्रसाद ढुङ्गेल २६ हजार ९ सय ३५ मत प्राप्त गरी विजयी भएका छन् । यहाँको प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार जितबहादुर थापामगरले १४ हजार ७ सय २९ मत पाएका छन् । ढुङ्गेलले कांग्रेसका उम्मेदवार थापामगरलाई १२ हजार २ सय ६ मतान्तरले पराजित पराजित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कुल मत मध्य रामेछापमा ८९ हजार ६ सय ७७ मत खसेको थियो भने खसेको मतमा करिव ५ हजार ७ सय ४३ मत वदर भएको थियो ।