arrow

त्यस्तो एउटा गाउँ जहाँबाट हुन्छ वार्षिक एक करोडको दूध बिक्री

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
Milk.jpg.jpeg

बेनी । आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् । 

बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड कमाउन थालेपछि सिंगाको चर्चा अहिले जिल्लाभरि हुन थालेको छ । सिंगा गाउँबाट मात्रै वार्षिक करिब रु एक करोडको दूध निर्यात हुने गरेको छ । 

दूध बिक्री गरेर मासिक प्रतिव्यक्ति रु ४० हजारदेखि रु एक लाखसम्म कमाउने गरेका सिंगाका नवराज पौडेलले बताए । 

खाडी मुलुक कतारबाट फर्किए पछि गाउँमै भैँसी खरिद गरी दूध बेच्न थालेका बेनपा–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक रु एक लाखभन्दा बढी कमाउन थालेको जानकारी दिए । उनले २०६८ सालमा रु एक लाख लगानीमा दुईवटा भँैसी खरिद गरेर दूध बेच्न थालेका हुन् । 
 
दूधबाट राम्रो आम्दानी देखेपछि केसीले अहिले छवटा भैँसी र एउटा उन्नतजातको जर्सी गाईबाट दैनिक ७० लिटर दूध बजारमा लैजाने गरेका हुन् । 

केसीमात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिकरुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक रु एक लाखभन्दा बढी कमाइ गर्दै आएका छन् । 

गाउँमा जनभावना दुग्ध सहकारी संस्था स्थापना भएपछि घर–घरमा व्यावसायिक पशुपालनका लागि प्रोत्साहित गरिएको छ । 

सहकारीमार्फत ३०० र किसानले व्यक्तिगतरुपमा १५० लिटर दूध बजारमा पुर्याउने गरेको सहकारीका सञ्चालक कोपीलाल पौडेलले बताए । 

“एक करोड त हिसाबै देखिन्छ । योभन्दा धेरै बिक्री हुन्छ”, पौडेलले भने । बजारमा प्रतिलिटर रु ८५ सम्म बिक्री हुने भए पनि किसानले भने रु ६५ प्रतिलिटरमा सहकारीलाई दूध बेच्दै आएका छन् । 

गाउँबाट एउटै किसानले दैनिक ५५ लिटरसम्म दूध बेच्ने गरेका छन् भने करिब ४२ घरमा व्यावसायिकरुपमा गाईभैँसी पालिएको छ ।

पशु सेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कारसमेत प्राप्त गरेको सहकारीले संकलन गरेको दूध बजार लैजान कर्मचारीसमेत परिचालन गरेको छ । 

सहकारीमार्फत दूध बेच्ने किसानका नाममा सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले लगानीसमेत गर्ने भएकाले पनि किसान सहकारीको अभियानमा आकर्षित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ